🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दशैंमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान (तस्बिरसहित)

काठमाडौं । नेपाली सेनाले बडादशैँ, २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ । सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

\"\"

\"\"

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जनाले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन् । सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जनाले यो सुविधा लिएका निर्देशनालयले जनाएको छ ।

\"\"

\"\"

सैनिक निर्देशनालयका अनुसार असोज २४ गतेसम्म सञ्चालन हुने यो सुविधा मार्फत हालसम्म १९५१ जना सैनिक एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन् । नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भूपू सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

\"\"
\"\"