🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनार्दन शर्मा र विप्लवकाे दसैँ भेटले माओवादी केन्द्रमा तरंग

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मामाथि एउटा आरोप लागिरहन्छ-नेत्रविक्रम चन्द विप्लवलाई रोकेको भनेर, माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल  दाहाल प्रचण्डसहित  धेरै नेताले पछिल्ला दिनमा लगाउने आरोप हो ।

विप्लवलाई प्रचण्डले महासचिव बनाउन चाहन्थे तर शर्मा र वर्षमान पुन मिलेर  रोकेको भन्ने माओवादीभित्र चर्चा भइरहन्छन् । हुन पनि विप्लवलाई महासचिव बनाउने गरी प्रचण्ड र उपाध्यक्ष कृष्णबहादुर महरावीच अनौपचारिक सहमतिपछि वार्ता भइरहेका बेलामा पुन र शर्माले महराविरुद्ध जेहाद छेडेका थिए ।

  महरालाई कमजोर  बनाउनकै लागि  पुन र शर्माको मित्रता झाँगिएको थियो । जब सुन काण्डका महरा फसे त्यसपछि पुन र महरा  पनि दुुईधारमा देखिन्छन् । यही बिचमा शर्मा भने विप्लवसँग सम्बन्ध सुधारको प्रयासमा लागेका छन् । पछिल्ला दिनमा विप्लवलाई ल्याएर महासचिव बनाए हुन्छ भनेर शर्मा नै बोल्न थालेका छन् ।

त्यसैलाई थप पुष्टि गराउनका लागि  शर्मा कपिलवस्तुस्थित विप्लवको निवासमै गए । दशैंको अन्तिमतिर हिजो २०८१ असाेज २९ गते शर्मा कपिलवस्तु अन्तरगतकाे  शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा असाेज २९ गते भेटघाट भएको हो । शर्मा विप्लवको निवासमा गएका हुन् । दुुईजनाको भेटलाई सार्वजनिक गरेर प्रचण्डलाई सन्देश दिन खोजेको अर्थमा पनि विश्लेषण भइरहेको छ ।

 चर्चा भए अनुसार पछिल्ला दिनमा शर्मा पनि विप्लवलाई माओवादी केन्द्रमा ल्याउन राजी भएका छन् । तर,  उनीहरु बाबुराम भट्टराईलाई पनि भित्र्याउनुपर्ने लाइनमा रहेका छन् ।

पछिल्ला दिनमा प्रचण्ड र बाबुरामको दुुरी बढेका कारण तत्काल संभव भने देखिएको छैन । तर, बाबुरामलाई पनि ल्याउनुपर्नेमा भने उनीहरु सहमत रहेको पनि बताइन्छ ।

   विप्लवसँग शर्माको भेट र छलफल बाक्लो बनिरहेका बेलामा माओवादीकै अर्का नेता वर्षमान पुन भने पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेट गरेको  स्रोतको भनाइ छ ।

स्रोतका अनुसार,  पुनले भण्डारीसँग कुन र के विषयका लागि भेट गरे भन्ने चाहिं खुलेको छैन । यसले कतै नयाँ खिचडी पाक्न लागेको त होइन ? भन्ने आशंका उब्जिएको छ ।