🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चक्कु प्रहार गरी युवकको ह त्या, सनोज राम पक्राउ

 
रौतहट । रौतहटको गौरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षीय युवकको चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको छ । 

\"\"

बरहवा ताल पारी झुलुंगे पुल नजिकै २०८२ भदाै ४ गते बुधवार दिउँसो ३ः १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थमा घटनास्थालमा शव  फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हत्या भएको युवक गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै बुधबार दिउसो चक्कु हानहान हुँदा १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चक्कु प्रहार यमुनामाई गाउँपालिका ५ का  सहाबुद्दिन मिया रहेको बुझिएको छ ।  उनका काका अब्दुल ओहिदले पहिचान गरेका हुन् । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

घटनास्थलबाट हत्यामा प्रयोग भएका चक्कु बरामद भएको समेत उनले जानकारी दिए । प्रहरी टोली तत्काल घटनास्थलमा पुगेकाले उक्त घटनामा संग्लन एक जनालाई पक्राउ गरिएको उनले बताए  ।  

गौर नगरपालिका–३ बस्ने २० बर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको हो । बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि  दुबै जना बिच चक्कु हानाहान भएको बुझिएको छ ।  चक्कु प्रहार गर्नेको पनि हात काटिएको छ । 

पक्राउ परेका रामलाई   हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।