🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किन प्रचलित थियो नाक–कान काट्ने सजाय ?

छिमेकमा रहेको मुघल साम्राज्य, चीन, युरोप, तिब्बत अनि धेरै मुसलमान शासक रहेका देशहरू, काठमाडौं उपत्यकाका राज्यहरूमा र नेपाली बाइसे–चौबिसे राजाहरूमा समेत सेनाका जागिरे, समाजका महिला–पुरुषलाई कि सरकारी अधिकार प्राप्त व्यक्तिले, कि त समाजमा पञ्च बसेर नाक–कान काट्ने सजाय दिन्थे।

संसारमा प्रचलित एक सजाय

हिले पनि गुगलमा हेरे हुन्छ, त्यो जमानामा समाजमा र सरकारी काममा यो सजाय संसारभर प्रचलित थियो। सरकारी सेवामा, राजाको सेवामा, देश वा समाजका लागि घात गर्ने, युद्धको धर्मपत्र विपरीत काम गर्ने, लडाइँबाट भाग्ने, समाजमा धेरै पोइला जाने नारीलगायतलाई—ज्यान लिन होइन, बेइज्जती गर्नको लागि मात्र—यस्ता सजाय दिने प्रचलन थियो।

मल्लकालीन उपत्यका र सजायको स्वरूप

कान्तिपुरका राजा जय प्रकाश मल्लले आफ्नो सेनापति काजी कासी राम थापाले धोका दिएको कारण बि.स. १८०४ सालमा पासविक तरिकाले मार्न लगाएका थिए, र साथमा रहेका अन्य केही सेनाहरू पनि काटिएका थिए।

त्यसैगरी पाटनका राजालाई प्रधान मन्त्रीहरूले आँखा फोडिदिएका, उपत्यकाको मल्लकालमा साधारण जनतालाई पनि कालभैरवको थान अगाडि लगेर हात काट्ने, नाक काट्ने, कान काट्ने, अङ्ग भङ्ग गर्ने सजाय दिने चलन थियो।

माओवादी युद्धकालमा पुनरावृत्ति

बि.स. २०५२ देखि २०६३ सम्म माओवादी युद्धनीतिमा यस्तै अमानवीय व्यवहारहरू प्रयोग भए। मान्छेका छाला काट्ने, घाटी रेट्ने, घुँडामा किला ठोक्ने, टाउको काट्ने जस्ता काम गराइएका थिए। यी सबैका कमाण्डरहरू मध्यकै प्रचण्ड (हेडमास्टर), बाबुराम भट्टराई (विद्यावारिधि डक्टर) लगायत थिए—जसले देखाउँछ कि २१ औँ शताब्दीका पढेलेखेकै र धर्मकर्म गर्ने ब्राह्मणका छोराहरूले यस्तो गरे।

पृथ्वीनारायण शाह र विवाद

उहिल्यैदेखि नाक–कान काट्ने, अङ्ग भङ्ग गर्ने सजाय समाज र संसारमा प्रचलित थियो। नेपालमा मात्र होइन, बडा महाराज पृथ्वीनारायण शाहले संसारमै सुरु गरेका होइनन्।

बाइसे, चौबिसे, सेन, काठमाडौंका मल्लराजाहरूले पनि त्यस्ता काम गरेका थिए। त्यसबेला किन त्यस्ता सजाय स्वीकार गरियो? यसमा निष्पक्ष अध्ययन गरेर निष्कर्ष निकाल्नु विद्वान इतिहासकारहरूको धर्म र कर्म हो।

इतिहास लेखनमा विकृति

आज हाम्रो इतिहास “वीर देश” बाट “चोर देश” बन्ने दिशातिर धकेलिएको छ। प्राध्यापक डाक्टरहरूले पढाइ र इमानलाई झोलामा हालेर (थोरै बाहेक) राजनीतिक पार्टीका जुत्ता–मोजा बनेका छन्।

सगरमाथा चढ्न बाँकी रहँदा बाटोमै मरेका पात्रलाई चाँदीको जुत्ता–उपाधि दिनु, दन्त्यकथाका पात्रलाई सुन बेचेर गुण लगाएको भन्दै सम्मान दिनु, जंगबहादुरलाई मार्न खोजेका मध्ये एकलाई मिथ्या “शहीद” घोषणा गर्नु—यी सबै इतिहास विकृतिकरणका उदाहरण हुन्।

यसमा मन्त्री–प्रधानमन्त्रीको चलखेल मात्र होइन, इतिहासकारहरूको मौनता, कलमको “निप भाचिनु” पनि जिम्मेवार छ।

नेपाली युद्ध र सेनामा नाक–कान काट्ने आदेश

नेपाल–अङ्ग्रेज युद्ध (मलौ क्षेत्र) : आफ्नै सेनाले धोका दिएपछि बडा काजी अमरसिंह थापाले नाक–कान काटेका थिए (स्रोतः योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह, पृ. ६२०–३४)।

नेपाल–भोट युद्ध (बि.स. १९११) : युद्धभूमिबाट भागेका सिपाही र पिपाहरुलाई नाक–कान काट्न श्री ३ जंगबहादुरले आदेश दिएका थिए। रसुवा गढीका कमाण्डर लेफ्टिनेण्ट कर्नेल सताराम (सिजापति) खत्रीले सजाय कार्यान्वयन गरेका थिए।

नेपालभरी र भारतका राज्यहरूमा धेरै पटक पोइला जाने महिलालाई नाक काट्ने वा गालामा डाम्ने चलन थियो। नेपालमा मुसलमान अर्थात् मुघल सम्राटबाटै यो प्रचलन आएको मानिन्छ। ब्राह्मण जातिलाई भने नाक–कान काट्ने नभई मुड्ने वा डाम्ने प्रचलन थियो।

जार काट्ने कानुन

अर्को चलन भनेको, लडाइँमा गएका सेनाको श्रीमती कसैले लगेमा वा गर्भवती बनाएमा “जार काट्ने” कानुनी व्यवस्था पनि धेरै पछि सम्म विद्यमान थियो।

आधुनिक मानवअधिकार र प्रतिबन्ध

संयुक्त राष्ट्र संघ, रेडक्रस, युद्धका कानुनहरू बनेपछि यस्ता सजायहरू वर्जित भए। तर अझै पनि अफगानिस्तान, पाकिस्तान जस्ता मुसलमान देशहरूमा अदालतले नै नाक काट्ने आदेश दिने चलन छ।

आजको जमानामा युद्धका नियम लागू भइसकेकाले नाक–कान काट्ने, छाला काट्ने, हतियार नभएकालाई मार्ने कार्य अपराध हो।

इतिहासको विग्रह र दोषारोप

“समता फाउन्डेसन” जस्ता संस्थाहरूले पृथ्वीनारायण शाह, राजा महेन्द्र, जंगबहादुर राणा लगायतलाई नकारात्मक रूपमा चित्रण गरेर नेपालको राष्ट्रिय एकतालाई भङ्ग गर्ने काम गरिरहेको छ भन्ने आरोप पाइन्छ। ठूला पत्रिकाहरू यसमा संलग्न छन्।

देशको इतिहास बेच्ने यस्ता पात्रलाई गाली गर्नु भनेको “टोक्न आउने कुकुरको खुट्टा टोक्नु” सरह हो।

नेपाली सेनासामु प्रश्न

यदि प्रधानमन्त्री केपी ओली वा पूर्वप्रधानमन्त्री प्रचण्डले भनेजस्तै, वा अन्य पात्रहरूले लेखेजस्तै पृथ्वीनारायण शाह “चोर–फटाहा” हुन् भने, नेपाली सेनाले कुन नाकले उनका सालिक ब्यारेकमा राख्ने  ?

यदि होइन भने सेनाका संस्थापक सुप्रिम कमाण्डर–इन–चिफ पृथ्वीनारायण शाहबारे एउटै धारणा लेख्न/बोल्न किन दबाब दिइँदैन ? के अरु देशमा यस्तै हुन्छ ?

नेपाली सेनाले संविधानको मात्र रक्षा गर्ने कि आफ्ना संस्थापक सैनिक पात्रहरूको पनि गर्ने ?

निष्कर्ष : कालोलाई कालो, 
सेतोलाई सेतो भन्न सक्ने साहस

गोर्खा शाहवंशी, खस मल्ल, सेन, मल्ल, बाइसे–चौबिसे, सिम्रौनगढलगायतका सबै राज्यहरूको सैनिक इतिहास तथ्यका आधारमा लेखिनु पर्छ । सेनाले र इतिहासकारहरूले कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्ने साहस गर्नुपर्छ । इतिहासको सही रूपमा खोज्नु र राष्ट्रको सैनिक–संस्कृति जोगाउनु नै हाम्रो समाज र नेपाली सेना जस्ता संस्थाहरुको साझा धर्म र कर्म हो ।

गोर्खा शाहवंशी राजाहरूको बारेमा ‘खोलो तरेर लौरो बिर्सिने’ काम गर्नु भनेको अवकाश प्राप्त सेनाको नाताले मेरो र सबै भूतपूर्व तथा बहालवाला सैनिकको नामर्दीपन हुनेछ । खस मल्ल, सेन, उपत्यकाका मल्ल, बाइसे, चौबिसे, सिम्रौनगढ राज्यहरूको सैनिक इतिहास खोजेर एक–एक गरेर केलिनु पर्छ, लेखिनु पर्छ । यो पनि जंगी अड्डाकै धर्म र कर्म हो ।

(साँघु साप्ताहिक, २०८२ भदौ २)  तस्बिर स्रोतः इन्टरनेट