🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भागबण्डा समाप्त पार्न पेल्ने दाउमा देउवा रामचन्द्रलाई वनवास पठाउने षडयन्त्र

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि यतिबेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान ८ सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्नेतर्फ केन्द्रित रहेको खबर छ । २०७४ असार १४ गते डडेल्धुरामा भोट खसालेर काठमाडौं फर्किएका देउवा मन्त्रिपरिषद्लाई पूर्णता दिन त्यसयता सक्रिय छन् । २०७४ असार १६ गते मात्रै देउवाले भरपर्दो सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग सरकार विस्तारबारे गम्भीर छलफल गरेका थिए । तर, माओवादीलगायत सत्तारुढ दलसंग मन्त्रिपरिषद् विस्तारबारे दुई चरणमा छलफल गरिसकेका देउवाले विभिन्न गुट–उपगुटमा विभाजित आफ्नै पार्टीभित्र भने मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छैनन्, किन ? कांग्रेसका वरिष्ठ नेताहरू नै जवाफ नभेटेर हैरान छन् । 
 २०७४ असार १९ गतेसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भित्री तयारीमा रहेका देउवाले आउ“दो बुधबार २१ असार  मैै मन्त्रीहरूलाई सपथ गराउने योजना बनाएको स्रँेतले बताएको छ । तर, उनले पार्टीभित्रको एउटा शक्तिशाली गुटको नेतृत्व सम्हाल्दै आइरहेका रामचन्द्र पौडेल समूहसंग चने २०७४ असार १८ गते आइतबार अबेरसम्म कुनै पनि छलफल गरेका छैनन् । स्रोतका अनुसार, देउवाले रामचन्द्रलाई कुल्चिदै, पेलेरै मन्त्रिपरिषद् विस्तार गर्ने भित्री  योजनाअनुरुप पार्टीमा कुनै छलफल नगरेका हुन् । 
श्रीमती आरजू राणा र किचेन क्याबिनेटका विमलेन्द्र निधि, रमेश लेखकलगायतका केही निकटस्थसंग मात्रै महत्वपूर्ण विषयमा छलफल गर्ने बानी परेका देउवाले मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरूसंग मात्रै छलफल गरेको बताइन्छ । ‘प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारीमा छन्,’ कांग्रेस स्रोतले भन्यो, ‘तर, देउवाले यति महत्वपूर्ण निर्णय गर्न लाग्दा समेत पार्टीमा कुनै औपचारिक र अनौपचारिक छलफल गर्न आवश्यक ठानेका छैनन् । देउवाले एकलौटी मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएकैले पार्टीमा छलफल गर्न आवश्यक नठानेका हुन् ।’ देउवाले यसअघि प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री सिफारिस गर्नेदेखि राजदूत नियुक्ति र महाभियोगसम्मका  दुरगामी निर्णय गर्दा पार्टीमा कुनै छलफल गरेका थिएनन्् । पार्टीमा छलफल नगरी एकलौटी निर्णय गर्ने बानी परेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा पनि उही शैली दोहो¥याउने छा“ट गरेपछि कांग्रेसमा महाप्रलयको सम्भावना निकट देखिएको छ । 
किन एकलौटी गर्दैछन् देउवा 
देउवानिकट स्रोतका अनुसार, देउवा एकलौटी निर्णय गर्दा आउने प्रतिक्रियाबारे राम्रैसंग जानकार छन् । तर, देउवा तीव्र असन्तुष्टि आउने स्थिति हु“दाह“ुदै पनि कांग्रेसभित्रको भागबन्डाको राजनीतिलाई समाप्त पार्न यस्तो जोखिम मोलेर अघि बढ्ने सोचमा रहेको बताइन्छ । विगतमा राजदूतलगायत नियुक्तिमा रामचन्द्र पौडेल समूह मात्र होइन पार्टीलाई नै बाइपास गरेरे निर्णय गरेका सभापति देउवाले पार्टीभित्रको भागबन्डाको राजनीति मन्त्रिपरिषद्मा पनि उस्तै गरी पेलेर अघि बढ्दा गुटहरू शिथिल हुने ठानेका छन् । ‘देउवा कांग्रेसभित्र बढ्दै गएको भागबन्डाको राजनीति समाप्त पार्नुपर्ने पक्षमा छन्,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यही कारण देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रह“दासमेत पार्टीभित्र औपचारिक छलफल त टाढै रह्यो कसै र कुनै नेतासंग परामर्श नगरी बसेका छन् ।’ 
कांग्रेसमा भूकम्प आउने 
 पार्टी संगठनलाई पूर्णता नदिएर धराशायी बनाएकोदेखि विभिन्न राजनीतिक नियुक्तिमा मनपरी गरेको आरोप रामचन्द्र पौडेल समूहले देउवालाई लगाउ“दै आएको छ । यही आरोप लगाउ“दै यो समूहले देउवाविरुद्धको मोर्चालाई केही समययता कसिलो बनाउ“दै लगेको छ । कांग्रेसनिकट स्रोतका अनुसार, देउवाले मन्त्रिपरिषद् विस्तारमा स्वेच्छाचारी चरित्र देखाएमा देउवा इतर  मोर्चा थप शक्तिशाली बन्ने अवस्था कांग्रेसमा छ । ‘देउवाले मन्त्रिपरिषद् विस्तारमा पेलेर अघि बढेमा कांग्रेसमा भा“डभैलो मच्चिने छ,’ स्रोतले भन्यो, ‘पार्टीमा उसै त आलोचित बनिरहेका सभापति देउवाले मन्त्रिपरिषद् नियुक्तिमा छलफल नगरी निर्णय गरेमा कांग्रेसमा थप संकट आउन सक्छ ।’ 
कांग्रेसका सम्भावित मन्त्री
 मन्त्रिपरिषद् विस्तारबारे पार्टीमा कुनै छलफल नगरेका देउवाले अब थप हुने  मन्त्रीको दस्ता भने तयार पारेको खबर छ । कांग्रेसमा डा. नारायण खड्का, महेश आचार्य, वीरबहादुर बलायरदेखि भीमसेनदास प्रधानसम्मको चर्चा सम्भावित मन्त्रीको रुपमा भइरहेको छ । रामकृष्ण यादव, अम्बिका बस्नेत, दिलमान पाख्रिन, मोहन बस्नेतहरूको पनि  मन्त्री बन्ने सम्भावना उत्तिकै रहेको बताइन्छ । अमृत अर्याल र भीष्मराज आङदम्बे मध्ये एकलाई देउवाले रोज्ने चर्चा पनि छ । स्रँेत भन्छ, भरत शाह र अनिता देवकोटा पनि कांग्रेसबाट यसपटक मन्त्री बन्न सक्छन् ।