दिल्ली, बैशाख २७ \\ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बिषयमा दुइटा ट्विट गरेका छन्।
शुक्रबार र शनिबार नेपाल भ्रमण गर्ने क्रममा नेपाल र भारतको सम्बन्ध मजबुत बनाउन प्रधानमन्त्री केपी ओलीसँग विस्तृत कुराकानी गर्ने कार्यक्रम रहेको भनेर ट्विटमा गरेका छन्।
जनकपुर र मुक्तिनाथ तीर्थयात्रा र पर्यटनका लागि विशेष केन्द्र तथा दुई देशबीचको मजबुत सांस्कृतिक सम्बन्धको परिचय पनि रहेकोले काठमाडौंसँगै जनकपुर र मुक्तिनाथ भ्रमण गर्ने समेत उनले ट्विटमा उल्लेख गरेका छन्।




