🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनकपुर, काठमाडौं र मुस्तांगमा ५ हजार भारतीय सेनाको ब्ल्याक कमाण्डो र विशेष सुरक्षाकर्मीको गस्ती

जनकपुर, बैशाख २७ ।    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर,  काठमाडौंमा  आउनुभन्दा २४ घण्टा अघिबाटै जनकपुरमा भारतीय सेनाको ‘ब्ल्याक क्याट कमाण्डो’ टोली परिचालन गरिएको छ।

आज जनकपुरमा भारतीय सेनाको ‘ब्ल्याक कमाण्डो’ टोलीले गस्ती गरिरहेको देख्न सकिन्छ। नेपालको सेना, प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्पूर्ण सुरक्षा संयन्त्रप्रति भरत सरकारको अविश्वास भन्ने स्पष्ट भएको छ।   स्रोतका अनुसार, अहिले नेपालमा भारतीय प्रहरी, वायु सेना, थल सेनाका साथै कमान्डो दस्ता र विशेष  सुरक्षाकर्मीलगायत लगभग ५ हजारको संख्यामा सक्रिय रहेको सुरक्षा स्रोत बताउछ।  

मोदीको सुरक्षाको लागि काठमाडौं, मुस्तांग र जनकपुरमा भारतीय सेनाको ब्ल्याक कमाण्डोले खुल्लेआम हातहतियारसहित सेनाकै ड्रेसमा गस्तीगरिरहेको खबर छ। जनकपुर नगरमा ७ हजार सुरक्षाकर्मी र बाह्रविगहामा ३ हजार ४ सय ८२ सुरक्षाकर्मी खटाइएको स्थितिमा भारतीय सेनाको ब्ल्याक कमाण्डोले खुल्लेआम हातहतियारसहित सेनाकै ड्रेसमा गस्ती गर्नु  कूटनीतिक हिसाबले अमान्य र राजनीतिक हिसाबले भारतीय दादागिरी भनेर नारायणमान बिजुक्छेलगायत नेता र राजनीतिक विश्लेषकहरुले विश्लेषण गरेका छन्।