काठमाडौं, बैशाख २७ \\ रातो मत्स्येन्द्रनाथको रथलाई आज लगनखेलको थटिटोलबाट जाउलाखेल लगिँदैछ । “केही समस्या आइपरेन र रथ आजै पुर्याउन सकियोभने भोटो-जात्रा आइतबार हुनेछ।” ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए।
रथ पुगेको चौथो दिनमा भोटो देखाइने परम्परा छ ।
“कुनै–कुनै वर्षमा लामो समयसम्म साइत आउँदैनथ्यो यो वर्ष चाँडो निस्कियो ।” जोशीले भने।
ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले भने, “पुल्चोकबाट गाबहाल, मङ्गलबजार हुँदै लगनखेलसम्मको मत्स्येन्द्रनाथको यात्रालाई त्रिलोकभ्रमण भनिन्छ । थटिटोलबाट जाउलाखेलसम्मको यात्रालाई सप्तग्राम यात्रा भनिन्छ । यसलाई सात गाउँको जात्रासमेत भनिन्छ । पहिले थानकोट, कीर्तिपुरलगायतका स्थानका बासिन्दा रथ तान्न आउने गर्थे ।”
सरकारले भोटो-जात्राका दिनमा काठमाडौं उपत्यकालाइ सार्वजनिक विदा दिंदैआएको छ।




