🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

के हो प्रचण्डको ‘फड्को’भित्रको खेल ?

प्रचण्डले प्रयोग गरेको फड्को शब्दको अनेक राजनीतिक अर्थ लगाउन सकिन्छ । अहिलेको राजनीतिक परिवेश हेर्दा उनको शब्दको पहिलो अर्थ हो– धम्की । अर्काे अर्थ हो– वार्गेनिङ ! र, अर्काे अर्थ हो अहिलेको राजनीतिक कोर्र्ष परिवर्तन गरेर स्वाट्टै अर्काे बाटोमा जाने । अर्थ अनेक छन्, शब्द एक छ– फड्को † प्रचण्डले फड्को मारेका छैनन्, फड्को मार्छु मात्र भनेका छन् ।

फड्को मार्छु भन्दा त यति ठूलो तरंग छ भने साँच्चै फड्को मार्दा कति तरंग उत्पन्न होला ? अनुमान मात्र गर्न सकिन्छ । प्रचण्डको फड्कोको चर्चा गर्दा चुनावको बेला सम्झनुपर्छ । चुनावको बेला ठूला पार्टीका बडे नेताहरु देश र जनताप्रति यति चिन्ता देखाउँथे कि त्यही चिन्ताले हृदयघात भएर मर्छन् भन्ने डर थियो । चुनावपछि तिनै नेताहरु आफू, आफ्नो गुट, परिवार, पत्नी र प्रेमिकाका लागि यति चिन्नित देखिन्छन् कि त्यही चिन्ताले मर्लान् भन्ने डर भयो ।

अहिले राजनीतिमा गुट जागेको छ । एमाले, कांग्रेस सबैतिर गुट जागरण अभियान चलिरहेको छ । आफ्नो गुटले एकलौटी पार्ने, आफ्नो गुटको हाइहुकूममा सबैलाई राख्ने अभियान चलिरहेको छ । एमाले र कांग्रेसको संस्थापनभित्र यो बढी चलेको छ । यो अभियानबाट प्रचण्ड अलि पृथक छन् । किनभने उनको पार्टीभित्र गुट छ तर यति ठूलो गुट छैन कि त्यसले प्रचण्डलाई च्यालेन्ज दिन सकोस् । यसको अर्थ के भने प्रचण्डले जता फड्को मार्छन्, पूरै पार्टी त्यतै जान्छ । 

तर, कता फड्को मार्छन् प्रचण्डले ? रहस्यमय बनेको छ । प्रचण्डले अस्वाभाविक राजनीतिक कदम चाल्न धक मान्ने गरेका छैनन् । एकसय असी डिग्री मोडिन सक्ने लचकदार कोही नेता छन् भने ती प्रचण्ड नै हुन् । जता हिंडेको हो त्यताबाट फरक्क फर्किएर अर्काे बाटोमा जानसक्ने खुबी छ प्रचण्डमा । त्यसैले प्रचण्डले फड्को मार्छु भनिरहँदा कस्तो फड्को हो भन्ने खुलदुली सबैमा उत्पन्न हुने नै भयो । 

निश्चित छ प्रचण्डले फड्को मार्नेछन् ।

सुष्मा स्वराजको नेपाल भ्रमण र बर्षमान पुनको बैंकक भ्रमणपछि नेपाली राजनीतिमा कुनै न कुनै प्रकारको खेलोफड्को हुने अनुमान गरिएको थियो । अनुमान अनुचित होइन, किनभने भारत जस्तो शक्तिशाली देशकी विदेशमन्त्री शुभकामना दिन र रात्रिभोज खान मात्र आएकी होइनन् । नेपाली राजनीतिमा खेलोफड्को गर्न नै आएकी हुन् ।

यो कुरा बुझिएकै थियो । उनले के खेलोफड्को गरिन् भन्ने आगामी दिनमा देखिने नै छ । अहिले चाहिं प्रचण्डको खेलोफड्कोका प्रतीक्षा छ । प्रचण्ड र सुष्माको खेलोफड्को बीचमा सम्बन्ध छ कि छैन ? प्रचण्डले अनपेक्षित फड्को मारे भने भविष्यमा यो प्रश्न उठ्ने नै छ । 

प्रचण्डले एकीकृत पार्टीको अध्यक्ष चाहेका छन् । उनको चाहना अस्वाभाविक होइन । पार्टी एकीकरण मुख्य सर्त हो, पद कसले के लिने हो भन्ने गौण विषय हो । माथि चर्चा गरियो, नेताहरु आफ्नै चिन्तामा डुबेका छन् । आफ्नै चिन्तामा डुब्नेहरु, आफ्नै चिन्तालाई राष्ट्रिय चिन्ता भन्ने र भनाउनेहरुले चुनावका बेला कुन मुखले पार्टी एकीकरण भनेका थिए ? कुन हातले पार्टी एकीकरणको प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए । यो प्रश्न प्रचण्डतिर मात्र होइन, केपी ओलीतिर पनि ठोकिन्छ ।

प्रचण्डको सम्भावित एउटा फड्को एमालेसंग मिलेर सरकार नबनाउने बरु आफैं ढुक्कले पाँच वर्ष प्रधानमन्त्री बन्ने हुनसक्छ । योभन्दा ठूलो फड्को अरु के हुनसक्छ ? उनले त्यस्तो निर्णय लिए भने पार्टी एकीकरण हाललाई टर्नेछ भने केपी ओलीको सम्भावित प्रधानमन्त्री पद पनि धरापमा पर्नेछ । यही बुझेर नै प्रचण्डले फड्को मार्ने धम्की दिएका हुन् । यो धम्की दिएर उनले ओली तथा एमालेमाथि दवाब बढाएको बुझ्न सकिन्छ । त्यसैगरी उनले केके चाहेका छन् ? अरु केके मागेका हुन् ? त्यसका लागि पनि प्रचण्डले वार्गेनिड गर्न यो धम्की दिएका हुन् । 

पार्टी एकीकरण गर्ने, एउटै पार्टी बनाउने भनिसकेपछि यस्तो धम्की स्वाभाविकरुपमा अवांछित हुन्छ । एकीकृत पार्टीले सरकार तथा राज्यका जेजति पद पाउने हो र पाउनेछ त्यो पार्टीले पाउनेछ । पार्टीभित्रै बसेर त्यसलाई मिलाए हुन्छ ।

तर, त्यस विपरीत प्रचण्डले उल्टो फड्को मारे भने जनमतको अवज्ञा हुनेछ । जनता माझ पार्टी एकीकरण गरेर स्थिर सरकार बनाउँछौं भन्दै एमाले र माओवादीले भोट मागेका हुन् । दुवै पार्टीका नेताहरुको मात्र नभएर भ्रातृ संगठनहरुको समेत संयुक्त वैठक राखेर पार्टी एकीकरणको सन्देश दिइएको हो । २०७४ मंसिर १०÷२१ को जनादेश विपरीतको फड्को मार्ने हो भने अन्यथा हुनेछ । निश्चित हो, अवांछित फड्को मार्दा प्रचण्डको हित हुने छैन, माओवादी केन्द्रको हित हुने छैन र एमाले र ओलीको पनि हित हुने छैन । 

प्रचण्डले अवांछित कदम चाले भने देश पूरानो युगमा फर्किनेछ । कसैको बहुमत नभएको संसदीय कालखण्डमा देश फर्किनेछ । प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री बन्न सक्छन् । किनभने उनलाई कांग्रेसले प्रधानमन्त्री बनाउने वचन दिइसकेको छ । पाँच वर्षकै लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेको छ । तर, के यो सम्भव छ ? सम्भव देखिंदैन ।

पाँच वर्ष प्रचण्ड र माओवादी केन्द्रको पुच्छर बनेर कांग्रेस बस्न सक्दैन । प्रचण्डले त्यसो गरे भने अर्थात् कांग्रेससंग मिलेर सरकार बनाए भने एमाले पनि चुप लागेर बस्ने छैन । एमालेले पनि संसदीय गणितमा खेल्न थाल्नेछ । 

तर, प्रचण्डले अनपेक्षित फड्को हान्छन् कि हान्दैनन् ? मुख्य प्रश्न भने यही हो । प्रचण्डको स्वभाव र अतित हेर्दा उनले कुनै पनि कदम चाल्न सक्छन् । चुनावमा गरेको वाचा र चुनाव घोषणापत्र हेर्दा उनले अनपेक्षित कदम चाल्दैनन् । चुनाव घोषणापत्र मूलरुपमा स्थिर सरकार बनाउनेमा केन्द्रित रहेको थियो ।

पार्टी एकीकरण दुई पार्टीको आपसी विषय थियो, चुनाव पछि देशलाई कसरी चलाउने भनी घोषणापत्रमा लेखिएको विषय चाहिं राष्ट्रिय सरोकारको विषय हो । राजनीतिकरुपमा चुनाव परिणामले एकीकरणको एक ढंगले अनुमोदन ग¥यो भन्न सकिन्छ । तर, परिणामले लक्षित गरेको विषय नयाँ वाम सरकार हो । यस्तो सरकार जसमा एमाले र माओवादी दुवै हुनेछन् । चुनावमा जनताले एमाले र माओवादीलाई दिएको भोट संयुक्त वाम सरकारका लागि हो । 

धेरै जटिलता आउने देखिन्छ आउने दिनमा । वाम एकता भएको र दुई पार्टी एकीकृत भएको अवस्थामा पनि जटिलता आउने नै छ । एकीकरण नभएको अवस्थामा जटिलता झन बढ्ने छ । जटिलताको आयाम यी दुई पार्टीभित्र सीमित रहने अवस्था देखिंदैन । यी दुई पार्टी दुईटा बाटो हिंड्दाको अवस्थामा आउने जटिलता र समस्याले पुरै मुलुकलाई विरामी पार्न सक्छ । अर्थात्, केपी ओलीको दुबै कानमा दक्षिणको चिनी, अनि प्रचण्डको ‘फड्को’ले मुलुकलाई सिकिस्त विरामी पार्ने, दुबै पार्टी ध्वंस पथमा अघि बढ्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।