🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसारका यी तीनथरी डाँका !

एकदिन एकजना भद्र मानिस जंगलको बाटो हुँदै आफ्नो घर जाँदै थियो । अचानक जंगलको बीचमा पुगेपछि तीनजना डाँकुले उनलाई घेरे । उसंग जे जति भएको धन सम्पत्ति सबै लुटे । अनि जानै लाग्दा एक लुटेराले अब यसलाई किन छोडनु यत्तिकै यहीँ मारेर जाने ।

खुकुरी निकालेर काट्नै आँटेको थियो हत्तपत्त अर्को लुटेराले छेक्दै भन्यो अरे यार यसलाई किन मार्नु प¥यो र यहीँ रुखमा बाँधेर जाउँ केही गरी भाग्य रै’छ भने बाच्छ नत्र जंगली जनावरको भोजन बन्छ । यति भनेर तीनैजना आफ्नो बाटो लागे त्यो बटुवालाई रुखमा बाँधेर । केही छिनपछि हस्याङफस्याङ गर्दै तेस्रो डाँकु आयो र त्यो मानिसको डोरी खोल्दिंदै भन्यो माफ गरिदिनु होला म तपाईंलाई जंगल बाहिर छाडिदिन्छु । आपूmलाई बचाएकोमा डाँकुलाई त्यो मानिसले धेरै धेरै धन्यवाद दियो र आग्रह ग¥यो मेरो घरमा आतिथ्य ग्रहण गरांै भनेर ।  तर, तेस्रो डाँकुले फेरि कुनै दिन आउछु भनी बाचा गरेर बटुवालाई जंगल बाहिर छोडेर आफ्नो बाटो लाग्यो ।

त्यसपछि त्यो धनसम्पत्ति लुटिएको बटुवा रुञ्चे अनुहार लिएर घर पुग्यो । जब ऊ घर पुग्यो त उसको अनुहार अचानक खुसीले चम्कियो । उसको लुटिएको जे जति धन थियो त्यो सबै उसको आँखा अगाडि उसैको घरमा थियो । साथै त्यहाँ एउटा खाम पनि थियो । जसमा लेखिएको थियो– “दुनियाँ एक जंगल हो । यो जंगलमा तीनथरिका डाँकु बस्छन् सत्व, तामस र रजस् । तामसले संधै मानिसलाई समाप्त पार्ने कोसिस गर्छ । रजस्ले मानिसलाई संधै यो दुनियाँमा बाँध्ने कोसिस गर्छ, तर सत्वले संधै सत्यको बाटो देखाउछ । जसले इश्वरको संधै साथ पाउछ ।’’