इण्डियनहरूले तराईका नेपाली मधेशीहरू र नक्कली नागरिकता लिन लगाएका बिहारीहरूलाई एउटै घानमा हालेर खेल्न खोजेको हो । अहिले पहाडियाको स्यालहुईय्या चलाएर मधेशी जनता प्रयोग गर्ने र त्यसपछि मधेशीहरूलाई विस्थापित गरेर इण्डियनहरूलाई भर्ने त्यसको चाल छ । मधेशी र बिहारीहरू एउटै होईनन् भन्ने तथ्य बुझ्न र बुझाउन अत्यधिक जोड दिनु पर्दछ ।
इण्डियाले दशकौंसम्म हुलाकी राजमार्ग बन्न दिएको छैन । तराईलाई पानी जम्मा गर्ने तालका रूपमा परिणत गर्न त्यसले बनाउन थालेका २२ वटा अनाधिकृत बा“धहरू मधेशीहरूलाई विस्थापित गर्ने योजनामैं केन्द्रित छन् । तराइको भूमिहीनताको समस्या हल गर्न जमिनमा हदबन्दी लगाउने कुरा उठ्दा दश हात उफ्रनेहरू तिनै बिहारी जमिन्दारहरू हुन् । संसदवादी र माओवादीसंग सत्तामा मिलेर तराईको विकासका लागि गएको बजेट खानेहरू पनि यिनै हुन् । सत्ता दलालहरूसंग मिलेर तराईमा विकास हुन नदिने र त्यसलाई ढाल बनाएर मधेशीहरू उपयोग गर्ने यिनीहरूको रणनीति हो ।
यति मात्र होईन, इण्डियाले तराईका मधेशीहरूलाई राजनीतिक नेतृत्वमा उठ्नै दिएको छैन । इण्डियन योजनामा नक्कली नारा उरालेर मधेशीहरूको हत्या गराउने र सत्तामा भएका विदेशी दलालहरूसंग मिलेर काठमाडौंमा महल जोड्नेहरू पनि यिनै हुन् । अहिले जो नेता बनाईएका छन्, ती सबै बिहारमा थातथलो भएका इण्डियनहरू हुन् । कैलालीमा थारूहरूलाई पिसेर सफल नभएपछि यिनीहरूका आ“खा मधेशीहरूको शिकार गर्न सोझिएका छन् । –भरत दाहाल




