🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पढाइलाई उमेरले छेकेन, १०४ वर्षीया बृद्धाले ल्याइन् उत्कृष्ट नम्बर

केरला, ३० कात्तिक। शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा ।

केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् ।

केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका छन्, ‘१०४ वर्षीया कुट्टिआमाले केरला राज्यको साक्षरता अभियानको परीक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर प्राप्त गरेकी छन् । ’ बृद्धाको प्रगतिबाट आफू खुसी भएकोसमेत  शिक्षामन्त्रीले उल्लेख गरेका छन् ।

परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा शिक्षामन्त्रीले बृद्धालाई बधाई तथा शुभकामना दिएका छन् । ‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्रीले कुट्टिमायको हाँसेको तस्विरसमेत पोस्ट गरेका छन् ।

केरला सरकारले ल्याएको निरन्तर शिक्षा योजनाअन्तर्गत हालै परीक्षा सञ्चालन भएको थियो ।

सो शिक्षा योजनामा सहभागी नहुन्जेल कुट्टिमाया विद्यालय गएकी थिइनन् । साक्षरता अभियानमा सहभागी नहुन्जेल उनलाई पढ्न र लेख्न आउदैनथ्यो ।
एजेन्सी