🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

याैद्धा प्रधानसेनापति काजी केहरसिंह बस्न्यात र ईतिहासको सम्मानमा कार्यक्रम

काठमाडाैं । नेपाल एकीकरणको सिलसिलामा बडामहाराज श्री ५ पृथ्वीनारायण शाह कै पालामा पहिलो पटक बि. सं. १८२५ पुष ५ गते हाल स्याङ्जा जिल्लाको "सतहु कोट" राज्यमाथि नेपाली सेनाले हमला गरेको थियो ।

साे युद्धमा करिब ५०० फौजसहित प्रधानसेनापति काजी केहरसिंह बस्न्यातले वीरगति प्राप्त गरेका थिए। यस पटक सतहुलगायतका मित्र राज्यहरु बहादुर सावित भए। त्यसपछि राजकुमार बहादुर शाहको कमाण्डमा बि.सं. १८४२ मा दोस्रो पटक सशक्त हमला गरी सतहु कोट नेपालमा एकीकृत गर्ने अभियानले सफलता प्राप्त गर्याे ।

  नेपाली सेनाका प्रधानसेनापतिले युद्धमा वीरगति प्राप्त गरेकाे स्थान, पात्र र ईतिहासको सम्मानमा सतहुकोटका आम जनता, स्थानीय सरकार, पोखराबाट गएका विद्वान प्रोफेसरहरु र नेपाली सेनाको समेत उपस्थितिमा २०७८ पुष ५ गते भब्य कार्यक्रम सम्पन्न गरिएकाे छ ।

साे कार्यक्रममा नेपाली सेनाका सहायक रथीअप्रा) डा. प्रेम मान सिंह बस्न्यातले सतहु राज्य र महान याैद्धा तथा पूर्व प्रधान सेनापति  केहरसिंह बस्न्यातबारे  संक्षिप्त ईतिहास प्रस्तुत गरेका थिए।