🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्व भ्रमण गर्ने \’हिज हाइनेस\’ पहिलो नेपाली

   मैले थाहा पाए अनुसार, विश्व भ्रमण गर्ने पहिलो नेपाली केशर शम्सेर राणा हुन् । उनको दरबारलाई हाल "केशर महल " भनिन्छ र जहाँ पहिला लामाे समयसम्म शिक्षा मन्त्रालय रहेकाे थियाे । 

त्यही महलमा रहेकाे केशर पुस्तकालय पनि नेपालकै ऐतिहासिक पुस्तकालय हाे ।  केशर शम्सेर सन् १९५१ मा नेपाली सेनाको कमान्डर-इन-चिफ समेत भएका थिए ।  त्यसपछि  केशर शम्सेर राणाले महत्वपूर्ण थुप्रै पदहरूकाे नेतृत्व गरेका थिए ।

   जसमा नेपाली सेनाकाे फिल्ड मार्शल, बेलायतका लागि राजदूत, सन् १९५२ मा श्री ५ महाराजधिराजको सल्लाहकार सभाको प्रमुख, रक्षा मन्त्री, काठमाडौं नगर पालिकाको मेयरलगायत  २५ औं राष्ट्रिय नियुक्ति  पाएका थिए ।

श्री ५ महाराजधिराजको सल्लाहकार सभाको प्रमुख र काठमाडौं नगर पालिकाको मेयर भएर जनतादेखि महाराजसम्म सेवा गर्ने  विचित्रकाे विद्वान व्यक्तित्व दानवीर केशर शम्सेर राणाले जस्ताे इतिहास निर्माण गर्ने नेपाली सायद न भूत न भविष्य भन्दा पनि अतियुक्ति नहाेला कि ?   

आफ्नाे निजी निवास  विशाल "केशर महल'' नै दान गर्ने दानवीर केशर शम्सेर राणाको राष्ट्र सेवाको कदर गरेर सन् १९६३ मा श्री ५ महेन्द्रबाट "हिज हाइनेस" विशेष उपाधिले सम्मान गरिएकाे  थियाे ।

आफ्नाे निजी निवास  विशाल "केशर महल'' नै दान गर्ने दानवीर केशर शम्सेर राणाको राष्ट्र सेवाको कदर गरेर सन् १९६३ मा श्री ५ महेन्द्रबाट "हिज हाइनेस" प्राप्त गरेर केशर शम्सेर राणा अर्काे इतिहास समेत रच्न सफल भएका थिए ।

  दानवीर केशर शम्सेर राणा अद्भूत विद्वान थिए भन्ने कुरा  केशर पुस्तकालयखडा गरेर राज्यलाई दिएबाट पनि स्पष्ट हुन्छ । एक पटक  देखेको कुरा कहिले नबिर्सिने भएर उनलाई  Photographic Memory  वाला विद्वान मानिन्थ्याे । केशर शम्सेर राणा जुन विषयमा जसले, जहिले जे सोधे पनि जवाफ दिन सक्ने भएकोले  Walking  Encyclopedia समेत  भनिन्थ्यो ।

  केशर शम्सेर राणाको परिवारले त्यत्रो ठूलो सुन्दर दरबार र हालको मूल्यमा अरबौँको पुस्तकहरु र खर्बाैंकाे विशाल महल, केशर महल र जग्गा समेत नेपाल सरकारलाई दान दिएका उनी नेापलकै दानवीर व्यक्ति थिए ।
(तस्बिर : केशर शम्सेर राणा र केशर महल-प्रेम)