🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नया” शक्तिमा चर्कियो भिडन्त

काठमाडांै । बाबुराम भट्टराई नेतृत्वको नया“ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच केही समययता प्रेमिल सम्बन्ध छ । यही प्रेमपूर्ण ‘रिलेसन’का कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको झल्को दिनेगरी गतिविधि सञ्चालन गरिरहेका छन् । पहिलो र दोस्रो चरणको दुवै निर्वाचनमा बाबुराम र उपेन्द्रसंगैले एउटै चिन्हमा चुनाव लडेर नया“ प्रयोग गरे । निर्वाचनपछि एकीकरण गर्ने भद्र सहमतिअनुसार बाबुराम र उपेन्द्र सहकार्य अघि बढ्दै आइरहेको भए पनि अब भने दुई पार्टीको सम्बन्धमा दरार आउन सक्ने संकेतहरू देखिन थालेका छन् ।

पार्टीभित्रको अनेक समस्याहरूले रन्थनिएका बाबुरामले संघीय समाजवादी फोरमसंग लगन गा“ठो कस्ने हतारो देखाए उनी ‘आफू ताक्छु मुढो बञ्चरो ताक्छ घु“डो’ भनेजस्तो नियतिले उनलाई खेद्न, सताउन थालेको छ । स्रोतका अनुसार, यत्तिकै रह“दा पार्टीमा अनेक समस्या आउन सक्ने आंकलन गर्दै बाबुरामले एकताको हतारो देखाए पनि  यादवले उनलाई ग्रिनसिग्नल नदिने निष्कर्षमा पुगेका छन् । पार्टीको एउटा खेमाले यादवलाई नया“ शक्ति पार्टीसंग एकताका लागि पहल गर्न दबाब दिए पनि यादवले नया“ बहस पार्टीभित्र हुलेका छन् । स्रोतका अनुसार, यादवले बाबुरामको पार्टीसंग भन्दा अन्य माओदी केन्द्रसंग सके एकता नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने चाहना देखाएका छन् । यादवले अकस्मात पार्टीमा यस्तो डिस्कोर्स चलाएपछि संघीय समाजवादी फोरममा दुईतर्फबाट बहस सुरु भएको छ ।

स्रोतका अनुसार, अशोक राई, राजेन्द्र श्रेष्ठलगायत नेताहरू उपेन्द्रको नया“ प्रस्तावबाट रुष्ट बनेका छन् । राई र श्रेष्ठहरूले माओवादीसंग भन्दा बाबुरामसंगै एकता गरेर अघि बढ्नुपर्ने मत राखेका छन् । तर, यादवले स्थानीय तह निर्वाचनमा बाबुरामसंग तालमेल गरेर अघि बढ्दा खासै उपलब्धि हात नलागेको भन्दै राई र श्रेष्ठलगायतका नेतालाई फकाइ रहेका छन् । ‘उपेन्द्रले बाबुरामसंग भन्दा पनि अन्य शक्तिसंग सहकार्य तथा एकता गर्ने चाहना देखाएका छन्,’ स्रोतले भन्यो, ‘बाबुरामसंग एकता गर्दा खासै फाइदा नपुग्ने भएकाले यादवले नया“ प्रस्ताव फ्या“केका छन् ।’