🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामचन्द्र पौडेल पाँच दलकाे समर्थनमा राष्ट्रपतिकाे उम्मेदवार ?

काठमाडौं । पछिल्लो चरणमा विकसित राजनीतिक घटनाक्रम नाटककीय रुपमा परिवर्तन नभएमा अबको राष्ट्रपति रामचन्द्र पौडेल बन्ने संभावना बढेको छ ।

माओवादी केन्द्र र कांग्रेसमात्र होइन अन्तर्राष्ट्रिय शक्ति केन्द्र पनि पौडेलको पक्षमा माहोल देखिन थालेको स्राेत बताउछ । विभिन्न शक्तिकेन्द्रको प्रभाव र राजनीतिक सक्रियताका कारण पौडेलको पक्षमा माहोल बढ्न थालेको स्राेतकाे दावी छ ।

माओवादी केन्द्र, कांग्रेस, जसपा, लाेसपा, जनमत(सिके)काे समर्थन रामचन्द्र पाैडेलका लागि हुने स्राेत बताउछ ।  विगतका लामो समयदेखि पौडेल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुबै निकट भएर काम गर्न थालेका छन् । माधव नेपालकाे नेतृत्वकाे एस दल कता लाग्छ भन्ने टुंगाे छैन ।

२०७९ पुस १० गते गठबन्धन भत्केर माओवादीले एमालेसँग कित्ता लिँदा पनि आफ्नै कारण रहेको भन्दै पौडेलले प्रचण्डको बचाउ गरेका थिए । उनी प्रचण्डलाई निरन्तर साथ दिएर जानुपर्ने पक्षमा रहेका छन् । त्यही गुन तिर्नका लागि पनि प्रचण्ड पौडेलको पक्षमा रहेका छन् ।

    त्यसैगरी, शेरबहादुर देउवा पनि पौडेललाई सहयोग गर्ने  पक्षमा रहेका छन् । महाधिवेशनमा पौडेलले गरेको सहयोग र देउवाको वचनका कारण पनि पौडेल राष्ट्रपतिको उम्मेदवार हुने संभावना रहेको छ ।

कांग्रेसभित्रको ठूलो पंक्ति पनि पौडेलको पक्षमा जानुपर्ने मत राखिरहेका छन् । उनीहरु प्रधानमन्त्रीका लागि १७ पटकसम्म प्रतिस्पर्धा गरेको नमिठो अनुभव र अभागलाई राष्ट्रपति बनाएर कटाईदिनुपर्ने धारणा पनि राख्न थालेका छन् ।

     देउवा र प्रचण्डको न्यानो प्रेम पाएका पौडेललाई भारत र अमेरिकाले पनि साथ दिने संकेत गरेका छन् । पौडेलको विषयमा चीन पनि धेरै विरोधमा नहुने अनुमान गरिएको छ ।

कृष्णप्रसाद सिटौला भने पौडेलभन्दा सिटौला भारतनिकट भएको भन्दै उनको विपक्षमा चीन धेरै उभिन सक्ने पनि बताइन्छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पौडेललाई राष्ट्रपति बनाउन सकिने सुझाव दिएर गएका छन् ।