🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नूनको भोजनबाट बचौं र स्वस्थ रहौं ? 

चिकित्सकहरूले दैनिक भोजनमा प्रतिदिन ३ ग्राम भन्दा माथि नूनको मात्रा प्रयोग गर्नु मानव शरीरका लागि हानिकारक हुने बताएका छन् । यति तपाई पनि सामान्यभन्दा बढी नूनको मात्रा प्रयोग गर्नुहुन्छ भने यसलाई अहिले नै कम गर्नु जरुरी हुन्छ । अधिक नूनको सेवनले गर्दा हुने नतिजाहरू प्रत्यक्ष देख्न सकिन्छ । 
उच्च रक्तचाप
भोजन गर्ने समयमा बढी नूनको प्रयोग गर्नाले शरीरमा रगतको दबाब बढ्न जान्छ । यसले गर्दा उच्च रक्तचापको समस्या हुन सक्छ । ‘सर्कुलेशन’ नामक पत्रिकामा प्रकाशित एक शोधका अनुसार उच्च रक्तचापको बिरामीहरूले दैनिक २.३ ग्राम भन्दा बढी नून सेवन गर्न नहुने बताइएको छ । 
शरीरमा पानीको मात्रलाई कम गर्ने
हाम्रो भोजनमा यदि सामान्य भन्दा अधिक नून भएमा पानीको मात्रालाई घटाउने काम गर्दछ । यसले गर्दा शरीरमा यूरिन सम्बन्धी समस्याहरू, पेट फुल्ने समस्या आदि देखा पर्न सक्छ । 
हृदयका लागि खतरा 
धेरै शोधहरूबाट अधिक नूनको प्रयोग शरीरमा उच्च तनाव, हृदय सम्बन्ध्ी रोगहरूको आशंका बढ्ने जस्ता विषयहरू प्रमाणित पनि भइसकेका छन् । यहा“सम्म कि कम उमेरका मानिसहरूमा पनि हृदय सम्बन्धी रोगहरू लाग्ने यो कारण बन्ने गरेको देखिएको छ । 
नूनको मात्रालाई कसरी सन्तुलनमा राख्ने 
–सबैभन्दा पहिला नूनको मात्रालाई नै कम गर्ने ।
–फास्टफुड जस्ता भोजनबाट टाढा नै रहने । 
–नूनको विकल्पको रुपमा कागती, भिनेगार प्रयोग गर्न सकिन्छ । 
–मसालेदार बदाम, चिप्स, चाउचाउ आदिको कम प्रयोग गर्ने । 
–भोजन गर्ने समय केराको समेत प्रयोग गर्ने । यसमो पोटासियमको मात्रा रहन्छ जसले नूनको स्तरलाई सन्तुलित गर्दछ ।