🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

औंठी भेटिएको खुसियालीमा भव्य भोज…!

एकजना चिनियाँ व्यक्तिले स्वयंम्बरको औंठी भेटिएको उपलक्ष्यमा ५ हजार प्लेट चाउमिनको भोज दिएका छन् । स्वयम्बरको औंठी कति मूल्यवान हुन्छ भन्ने कुरा यी व्यक्तिले पुष्टि गरिदिएका छन् । दक्षिण–पश्चिम चीनको चोङक्विङका वाङ थर भएका यी व्यक्तिले इन्गेजमेन्टमा हराएको औंठी भेटिएको खुसियालीमा पाँच हजार प्लेट चाउमिनको भोज दिएका थिए । अगस्ट १३ को दिन उनीहरूको इन्गेजमेन्ट हुनेवाला थियो । उनले आफ्नो प्रेमिकालाई सरप्राइज दिन चाहन्थे र उनले ४५ हजार डलरको हिराको औंठी किनेका थिए । होटलमा लन्च खाइरहेको समयमा प्रेमिकाको फोन आएपछि ती युवक बाहिर गएका थिए र पछि फर्केर आउँदा त्यहाँ औंठी थिएन । अन्ततः हराएको औंठीको ब्याग एकजना ग्राहकले होटलको म्यानेजरलाई बुझाएकाले वाङले औंठी भेटेका थिए । यही उपलक्ष्यमा उक्त होटलमा वाङले ५ हजार प्लेट चाउमिन सबैलाई सित्तैमा खुवाउने व्यवस्था मिलाएका थिए ।