🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने

काठमाडौँ, ७ चैत (रासस) : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । 

सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अतावुल अन्सारीका अनुसार नेपाली कांग्रेसको भ्रातृ सङ्गठनमध्ये नियमित महाधिवेशन गर्ने मुस्लिम सङ्घले महाधिवेशनको मिति तय गरेर विगतको कार्यलाई निरन्तरता दिएको हो । 

सङ्घका पूर्वअध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बैठकले वर्तमान निर्वाचन प्रणालीले मुस्लिम समुदायलाई पछाडि पारेको ठहर गर्दै निर्वाचन कानून परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो । 

उहाँका अनुसार केन्द्रीय हज कमिटीले हाजीहरूबाट चर्को शुल्क उठाउने गरेकाले शुल्क नियन्त्रणका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
–––