🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागरिक उन्मुक्ति पार्टीका दुई जनालाई कारबाही

काठमाडौं, २८ असोज । नागरिक उन्मुक्ति पार्टीले दुई जनालाई कारबाही गरेको छ । पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएको भन्दै पार्टीले दुई जनालाई कारबाही गरेको हो ।

पार्टीले विद्रोह गरेर मंसिर ४ गते हुने आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दुई जनालाई कारबाही गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार एक प्रेस विज्ञप्ती जारी कैलाली–१ प्रदेश निर्वाचन क्षेत्र (क) का उम्मेदवार सन्तोष कठरिया र प्रदेश (ख) का उम्मेदवार गणेश चौधरीलाई कारबाही गरिएको बताएकी छन् ।

कठरिया नागरिक उन्मुक्ति पार्टीका कर्णाली प्रदेस सह–संयोजक हुन् भने चौधरी स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट वडा नं. १ का वडाध्यक्षका उम्मेदवार लक्ष्मण चौधरीका छोरा हुन् ।

‘नागरिक उन्मुक्ति पार्टीकोविरुद्ध गतिविधि गरेको देखिएकोले पार्टीको विधान २०७८, भाग २ धारा ९ को (घ) बमोजिम निज सन्तोष कठरिया र गणेश चौधरीलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको व्यहोरा सबैलाई जानकारी गराइन्छ’ अध्यक्ष श्रेष्ठले जारी विज्ञप्तिमा भनिएको छ ।

न्युज कारखाना