🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेना र निलो टोपीकाे याे हविगत !!

नेपाली सेना भन्ने बित्तिकै तपाईंलाई मन नपर्न सक्छ मलाई थाहा छ झन् नेपाल प्रहरी भन्ने बित्तिकै त रिस पनि उठ्ला ! तर यो तपाईं हामीलाई "रिस" उठ्ने जसले बनाई रहेकोे छ त्यतातर्फ हामी कहिल्यै रिसाउँदैनौं ! कारक तत्वको खोजी नगरी परिणामको मात्रै हेर्ने गर्छौं हामी !!

 नेपाल प्रहरीलाई २०४७ पछि नेताको घरमा बस्ने हली जस्तो बनाएर राख्न सुरु गरियो, संस्थाको स्वायत्तता खोसेर एउटा गृहमन्त्री आउँदा एउटा आईजीपी हुने अर्को गृहमन्त्री आउँदा अर्को आईजीपी बनाएर बाँदर नाच गरेदेखि नेपाल प्रहरीले अहिलेसम्म शिर उठाउन सकेको छैन।

 त्यतिमात्र होइन एउटा भारतीय राजदूतले कसलाई "आईजीपी" बनाउँ भन्दै नेपालको गृहमन्त्री मलाई सोध्न आएको थियो भनेर बकाईदा पुस्तकमा लेखेर सार्वजनिक गर्दा पनि नेपालको नेताहरू ङिच्च दाँत देखाएर बसेको हिजो भर्खरैको कुरा होइन र ?

 प्रहरी प्रशासनको कमान्डर हुन्छ गृहमन्त्री ! एउटा गृहमन्त्री त भर्खरै जेलमा लामखुट्टे मार्दै छ, यस्तो लामखुट्टे मार्दै बस्ने कमान्डरहरुको हातमा सिपाही(फाैज)को तालाचावी भएपछि यो संस्थाको हविगत कस्तो होला ?

हामी तलतिर बाटोमा बसेर सय पचास घुस खाएर बस्ने प्रहरीलाई हेरेर प्रहरी नै खराब भन्दै गुनासो गर्छौं तर मुहान हेर्दैनौं।
ठिक त्यस्तै हालतमा हो नेपाली सेनाको पनि। नेपालमा अहिलेसम्म दलीय राजनीतिकरणबाट मुक्त रहन सफल भएको एकमात्र संस्था हो नेपाली सेना।

एउटा कुरा नोट गर्नुहोला-प्रायः धेरैले भन्ने गर्छन् नेपाली सेना भारतसंग युद्ध गर्न सक्दैन न त चीन अमेरिकासंग नै युद्ध गर्न सक्छ के लाई चाहियो नेपाली सेना ? भन्ने गर्छन् तिनीहरुले के बुझुन भने हाम्रो जस्तो ससाना मुलुक विश्वमा दर्जनौंको संख्यामा छ र त्यो सेना कुनै महाशक्ति राष्ट्रसंग लडाइँ लड्न सक्छ भनेर राखेको होइन तर ती महाशक्ति राष्ट्रहरुले ससाना राष्ट्रमा सिधै हस्तक्षेप नगरीकन ससाना झुन्डमा विद्रोही खडा गरेर छद्म लडाइँ प्रोक्सी वार गराउँछ त्योसंग लडाइँ लडेर विद्रोहीलाई मूलधारमा ल्याउने काम गर्छ सेनाले।

उदाहरणका लागि श्रीलंकामा भारतले तयार गरेर पठाएको LTTE संग श्रीलंकाको सेना लडेर अस्तित्व जोगाएन ? पेरुमा रसियाले तयार गरेर पठाएको विद्रोही साइनिङ पाथलाई सेनाले नियन्त्रणमा ल्याएन ? अमेरिका होस् वा रसिया चीन सबैले ससाना देशहरूमा प्रोक्सी वारमा खेल खेल्छ। रसिया युरोप लामो समयसम्म युक्रेनमा प्रोक्सी वार गर्दै थियो अन्तमा मात्रै सिधै हस्तक्षेपमा उत्रेको हो रसिया।

हाम्रो नेपालमा "प्रोक्सी वार" पञ्चायतकालमा पनि भएको थियो जसलाई सेनाले नियन्त्रणमा लियो, माओवादी 'प्रोक्सी वार'लाई टेबुलमा ल्याउने सेना नै हो। युद्ध एकल नजित्ने भएपछि सम्झौताको टेबुलमा आएको होइन र ? बि. पि कोइराला देखि डाक्टर के आई सिंहको विद्रोह देखि खम्पा काण्ड(मुस्ताङ्ग)सम्म भएको प्रोक्सी वारको नियन्त्रण त अन्ततः नेपाली सेनाले नै गरेको होइन र ?

सबैलाई जानकारी रहोस् नेपालमा अबको "प्रोक्सी वार" कुनै BP वाद वा माओवाद जस्ता राजनीतिक सैद्धान्तिक मुद्दाबाट हुँदैन, अबको प्रोक्सी वार भनेको "जाति क्षेत्र धर्म" को नाममा हुँदै छ र त्यसको लागि दुर्गम क्षेत्रतिर बटालियन गठन गर्दै गइरहेको छ भन्ने नेपाल प्रहरी र सेनाले राम्रोसँग सूचना संकलन गरेर सूचना सरकारलाई दिइरहेको पनि छ तर नेपाल सरकार नै ङिच्च दाँत देखाएर बस्छ भने नेपाली सेना प्रहरीलाई के को दोष ?

नेपाल जस्तो पहाडी इलाकामा लडाइँ लड्ने भनेको छापामार तालिम प्राप्त गुरिल्ला सेनाले हो, तर नेपाली सेनालाई नियमित दिइरहनुपर्ने छापामार तालिमदेखि आधुनिक हातहतियार बन्दोबस्तीको सामान आपूर्ति नगरीकन नेपाली सेनालाई सलामी र मलामीमा मात्रै खटाई राख्ने नेपाल सरकारले हो, आजको परमाधिपति अतिरथी महारथी भनेको राष्ट्रपति हो र त्यो राष्ट्रपति भनेको उही सरकारकै लाहा छाप लगाएर बस्ने एउटा पिउसो भन्दा बढी हैसियत राख्दैन भने नेपाली सेनाले गरोस् के ?

  अवस्था कस्तोसम्म देखियो भने नयाँ भर्ती भएको सशस्त्र फौजलाई गोलीगट्ठा दिन नसकेर होला काठको बन्दुक बोकेर घिस्रिंदै मुखले ठ्याङ…… ठ्याङ…… भन्दै गोली पड्काउँदै तालिम गरेको देखें मैले ! हाम्रो सुरक्षा निकायलाई आर्थिक भौतिक अभावमा पारेर एकातिर निकम्मा बनाउने अर्कोतिर नेपाली सेना बोझ भयो ! नेपाली सेना धान्न सक्दैन भन्दै संगठित रूपमा आवाज आउनलाई हामीले त्यही प्रोक्सी वारको एक हिस्साको रूपमा लिनुपर्ने हुन्छ।

काम न काजको सात-सात वटा सरकार बनाएर मुलुकलाई आर्थिक भार परेको नदेख्ने तर ऐन मौकामा राष्ट्रिय सुरक्षाको जिम्मेवारी लिनुपर्ने एकमात्र सैन्य क्षेत्रलाई "भार" देख्ने भनेको त्यो उनको निजी बोली हुँदै होइन कतैबाट प्रायोजित बोली हुन्।

हेक्का रहोस् नेपालमा हुने अबको प्रोक्सी वारमा नेपाली सेनालाई निकम्मा बनाएर अफ्रिकामा जसरी अन्तर्राष्ट्रिय "निलो टोपी" सेनालाई परिचालन गराउने दीर्घकालीन योजना बन्दै छ। त्यसैको एउटा झाँकी मात्रै हो नेपाली सेना बोझ भयो विघटन गरौं भन्ने अहिले आइरहेका प्रलापहरु ! धेरै भनिरहन पर्ला र ? बुझ्नेलाई इसारा काफी होला ।

(https://www.facebook.com/profile.php?id=100006263235732 बाट)