🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकाः जब तीन वर्षीया बालकले आफ्नै बहिनीलाइ गोली हानेर मारे…

सानडिएगो, ३ साउन । अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् ।

यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली हानेको थियो।

सिएिस ८ को रिपोर्ट अनुसार सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले घटनाको बारेमा जानकारी दिएका छन्।

लेफ्टिनेन्ट जोसेफ जार्जुराले एक प्रेस विज्ञप्ति जारी गर्दै भने कि सान डिएगो शेरिफले लगभग बिहान ७ः३० बजे फोन प्राप्त भएको थियो ३ वर्षीय दाजुले आफ्नी १ वर्षीया बहिनीलाई गलतीले गोली हानेको छ। सूचना प्राप्त हुनासाथ सान डिएगो शेरिफ प्रहरी बलसहित घटनास्थल पुगेका थिए ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि ३ वर्षीय बालकको हातमा भरुवा बन्दुक र १ वर्षीया बालिका टाउकोमा गोली लागेको अवस्थामा भुइँमा लडिरहेको देखे । सान डिएगो सेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जरजुराले परिवारको सम्मानका कारण उनको नाम खुलाउन नसकेको बताए । प्रहरीले पीडितलाई तुरुन्तै नजिकैको पालोमार अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।

शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम भने खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ ।

अनुसन्धान टोलीले घटनाबारे अन्य कुनै जानकारी भएमा हत्या युनिटमा सम्पर्क गर्न आग्रह गरेको छ । यस बाहेक शरिफ विभागको टोलीले अपराध रोक्ने उपाय पनि साझा गरेका छन, जसमा अपराध रोक्न सुझाव दिन आग्रह गरिएको छ ।