काठमाडौं, साउन २४ गते। नापी कार्यालय कलङ्की, काठमाडौंमा कार्यरत सर्भेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठले जग्गाको कित्ताकाट ट्रेस नक्शा तायर पार्ने प्रयोजनाका लागि सेवाग्राहीसँग विभिन्न बाहनामा घुस रकम माग गरिरहेको अवस्था पक्राउ परेका छन्।
सेवाग्राहीसँग घुस मागेको उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालको टोलीले निजहरुलाई रु.१५,०००।– (पन्ध्र हजार) घुसवापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै साउन २३ गते नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको जनाइएको छ।



