काठमाडौं । नेपालका संस्थाहरू कति सजिलैसंग त्यहाँका पदाधिकारीले डुबाउछन् भन्ने उदाहरण खोज्न धेरै टाढा पुग्नु पर्दैन । व्यक्तिको इगो र अक्षमताले प्रशस्तै संस्थाहरू डुबेका छन् । जसले गर्दा राज्य नै कमजोर बनिरहेको छ । भर्खरै स्थापना भएको एउटा संस्था अहिले त्यस्तै मारमा परेको छ । मध्यपश्चिम क्ष्ँेत्रको स्वास्थ्य शिक्ष्ाँ र सेवामा सहयोगी भूमिका खेल्न सकोस् भनेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको थियो । अनि पदाधिकारीहरू पनि नियुक्त भइ काम पनि गरिरहेका थिए ।
तर, अहिले तिनै पदाधिकारीको इगोले प्रतिष्ठान धराशायी र विवादमा पर्न थालेको गुनासो प्राप्त भएको छ । हुन त, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बनाउँदा नै विवादमा आएकी डा. संगीता भण्डारीलाई तत्कालीन कांग्रेस सरकारले एकबर्ष पहिला राप्तीको उपकुलपति बनाएको थियो । भण्डारीको नियुक्तिसंगै सुरु भएको विवाद र असन्तुष्टि अहिले आएर झनै छताछुल्ल हुन पुगेको छ । उपकुलपति भण्डारी रेक्टर डा.रतिन्द्रनाथ श्रेष्ठको सुरुबाटै काम कुरो मिलेको थिएन ।
रेक्टर डा. श्रेष्ठले प्रतिष्ठानबाट २०७५ साउन ७ गते राजीनामा दिएका थिए । राजीनामामात्रै दिएका थिएनन् श्रेष्ठले साथमा प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै एउटा पत्र पनि लेखे उपकुलपति भण्डारीलाई किन हटाउनै पर्छ भनेर, कारणहरूको फेहरिस्तसहित । रेक्टर श्रेष्ठले उपकुलपति श्रेष्ठलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएपछि भण्डारी खुलेर श्रेष्ठविरुद्ध लागेकी थिइन् ।
अनि सार्वजनिक सूचना प्रकाशित गरी प्रतिष्ठानमा हाजिर हुन किन नआएको भन्दै सञ्चारमाध्ययममा सूचना प्रकाशित गराइन् । जब कि श्रेष्ठले ७ साउन २०७५ मै राजीनामा दिएर सो को जानकारी स्वास्थ्यमन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री ओली पनि गराए । रेक्टर श्रेष्ठले त्रिवि आइओएममा हाजिर समेत गर्न थालिसकेका थिए ।
श्रेष्ठले उपकुपतिबाट भण्डारीलाई हटाउनुपर्ने कारणहरूको फेहरिस्तमा निर्माण सामाग्री खरिददेखि ससाना खरिद सामाग्रीमा समेत कमिशन खाने र कमशल, गुणस्तरहीन सामाग्री खरिद गर्ने गरेको आरोप लगाएको स्रँेतको दावी छ ।
सिनेटबाट पास नभई शिक्षक र कर्मचारी नियुक्त गर्ने र त्यसरी नियुक्त हुनेहरू उपकुलपति भण्डारीका आफन्तसमेत हुने गरेको आरोप लगाइएको छ । प्रतिष्ठानको नाममा जग्गा स्वामित्व हस्तान्तरण हुने प्रक्रिया सुरु नहँुदै कन्सल्टेन्टबाट डीपीआर बनाउन लगाउनुकासाथै उपकुलपति भण्डारीले उनी कार्यरत विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट विदा स्वीकृत समेत नगराई काम गरेकोलगायतका दुई पाना लामो उपकुलपति भण्डारीका विवादास्पद बुँदा रेक्टर श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।
रेक्टर श्रेष्ठले प्रधानमन्त्रीलाई पत्र बुझाएको करीब १५ दिनपछि भण्डारीले रेक्टर श्रेष्ठ प्रतिष्ठानको सम्पर्कमा नभएको भन्दै सूचना जारी गरेकी छिन् । घोराहीवासीले भने अहिले यी दुईको विवादले प्रतिष्ठान धराशायी हुने चिन्ता ब्यक्त गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन सम्बन्धितहरूलाई आग्रह गरेका छन् । (साँघु साप्ताहिक, साउन २१)



