🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेर्पा नेतृत्वको एन्फा पनि कानै चिरेको ?  

काठमाडौं । नेपाली फुटबल परिवर्तनको नारा लिएर चुनाव जितेर अखिल नेपाल फुटबल संघ एन्फा हाँकिरहेको कर्माछिरिङ शेर्पाको समूह पूर्ववर्तीहरूको कु–कर्मको परिणाम भोगिरहेको गुनासो गरेर बसेका छन् । तर, जिम्मेवारी लिएर कुर्सीमा बसेपछि त्यसको भोग त गर्नैपर्छ । समस्याको समाधान गर्नैपर्छ भन्ने मानसिकता पनि देखा पर्न नसकेको खेलाडीहरूले टिप्पणी गरेका छन् ।

 
अध्यक्ष शेर्पाले एन्फाको कुर्सी सम्हालेपछि यदि कुनै गल्ती कमजोरी भयो भने त्यसको जिम्मेवारी उनैको हो । पूर्ववर्तीले गल्ती गरेका रहेछन् भनेर पन्छिन् पाउँदैनन् भन्ने तर्क फुटबल खेलाडीहरूले राख्ने गरेका छन् । प्रसंग हो नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जापानका ग्योतुकी कोजीको । 

कोजीले पर्यटक भिसा ‘टुरिष्ट भिसा’मा रहेर काम गर्दै आइरहेका थिए । उनले श्रम स्वीकृति ‘वर्क पर्मिट’ नलिइकन नेपालमा फुटबल प्रशिक्षककारुपमा रहन पाउँदैनथे । यसबारेमा एन्फालाई जानकारी थिएन भन्नु मुख्र्याइँ हो । अनि बाध्य भएर गृह मन्त्रालयले यसको पर्दाफास गर्र्नै प¥यो । यहीँनिर मार खाए एन्फाका अध्यक्ष शेर्पा । 

ग्योतुकी कोजीको   साउन १८ गते शुक्रबार नै भिसा सकिएको थियो । त्यसै दिन उनी इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको अभ्यासका लागि नेपाली टिम लिएर थाइल्याण्ड उडे । त्यहाँ नेपाली टिमले प्रशिक्षण गर्नेछ । अनि सीधै इन्डोनेसिया जाँदैछ । 

इन्डोनेसियापछि नेपाली टिमले साफ च्याम्पियनसिप खेल्नेछ । बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि पनि तिनै कोजी मुख्य प्रशिक्षक हुनेछन् । तर उनले इन्डोनेसियाबाट नेपाल फर्किने अवसर पाउने छैनन् । उनलाई अध्यागमन विभागले भिसाको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि २०७५ साउन १६ गते बुधबार सन् २०१८ भर नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको बताइएको छ । 

यस सम्बन्धमा एन्फाका एक सदस्य भने डिपोर्ट गरी जापान फिर्ता पठाउने निर्णय नभएको बताउँछन् । उनी भन्छन्– ‘भिसाको समय साउन १८ गते शुक्रबार सकिएको साँचो हो डिपोर्ट गरिएको हैन । पूर्ववर्ती नेतृत्वको गरेको गल्तीको सजाय अहिलेको शेर्पा नेतृत्वले भोगिरहेको मात्र हो । 
उनका अनुसार, वर्क पर्मिटको भिसा मिलाउने प्रक्रिया सुरु भइसकेको छ । सन् २०१६ को मार्चदेखि कोजीले नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले सुरुआती दिनमा वर्कपर्मिट लिएर प्रशिक्षक कार्य सम्हालेको भए पनि पछि टुरिष्ट भिसामा काम गर्दै आएका थिए ।

पछिल्लो समय उनले जनवरी १७ मा टुरिष्ट भिसा लिएका थिए । सामान्यतयाः कुनै पनि विदेशी नागरिक एक वर्षमा एक सय ५० दिन मात्र टुरिष्ट भिसामा बस्न पाउँछ । कोजी त त्यो नियमको विपरीत नेपालमा ओभर स्टेमा रहेका थिए । 

उनलाई फिर्ता पठाउनुअघि अध्यागमन विभागका अधिकारीले एन्फाको टिमसंग छलफल गरेको थियो । एन्फाले भिसा थपिदिन आग्रह पनि गरेको थियो । अध्यागमनले मानेन । 

एन्फाले वर्क पर्मिटको प्रक्रिया सुरु भइसकेको जनाएको छ । तर त्यो प्रक्रियाले फेरि काम गर्छ भन्ने टुंगो छैन । यतिबेला नेपाली टिमका राष्ट्रिय मुख्य प्रशिक्षक नै अवैधानिक तरिकाले नेपाल बसेको चर्चाले फेरि फुटबल क्षेत्र पुरानै ढर्राले चलेको हो कि भन्ने आशंका बढेको छ । 
टिम इन्डोनेसियाबाट नेपाल फर्किन्छ तर कोजी फर्किने सम्भावना कम छ । त्यसपछि टिम साफ च्याम्पियनसिप खेल्न बंगलादेश जानेछ ।

कोजी घरबाटै बंगलादेश आउन सक्छन् । एकजना पूर्वपदाधिकारी यस सम्बन्धमा भन्छन्–‘‘कोचका बारेमा के कस्तो भइरहेको छ भनेर हेर्ने काम अहिलेको नेतृत्वले गर्नुपर्दथ्यो, शेर्पाको नेतृत्वको असफलकै एउटा कडी हो । अहिलेको कार्यसमिति के मा अल्झियो थाहा भएन । परिवर्तन भन्छन् यस्तै परिवर्तन रै’छ । आफू पनि बदनाम हुने अरुलाई पनि बदनाम गर्ने ।’’

वर्तमान कार्यसमितिका एकजना सदस्य भने आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताउँछन् । उनले भने–‘कोजीले पहिलेदेखि नै वर्क पर्मिटमा काम गरिरहेका छन् भन्ने लागेको थियो । हामीले हेक्का राखेनौं । कुरो फरक रहेछ । अब त्यसलाई मिलाउन लागेका छौं ।’ 

उनले नेपालले एसियाली खेलकुद खेलेपछि सीधै घर नफर्केर मैत्रीपूूर्ण खेल खेल्ने सम्भावना भएकाले कोजी पनि साथै रहेर बंगालदेश एकैपटक जानसक्ने बताए । उनले भने, ‘कोजीको वर्कपर्मिटको समस्या एसियाली खेलकुद खेल्ने क्रममै समाधान हुन सक्ने देखिन्छ । त्यसो भयो भने कोजी पनि नेपाली टिमसंगै घर आउन सक्छन् ।’