काठमाडौं । कामको प्रकृति अनुसार पद निर्माण गरिएको हुन्छ । ठूला पदमा पुग्नेहरू निश्चित अठोट बोकेका हुन्छन् । तर, जसले पदलाई काम गर्ने अवसरका सट्टा सुविधा र प्रतिष्ठा हासिल गर्ने माध्यम मात्र ठानेका हुन्छन् तिनीहरू जतिसुकै ठूला ठाउ“मा पुगेपनि बा“दरको पुच्छर लौरो न हतियार हु“दा रहेछन् । यस्तै देखिएको छ नापी विभागका नवनियुक्त महानिर्देशक गणेश प्रसाद भट्टको हालत । उनी विभागमा महानिर्देशकको जिम्मेवारीमा आएपछि अवकाश हुनै लागेका कर्मचारीलाई अरु केही नपाएर गाडी सिक्न निजी इन्ष्टिच्युटतिर पठाएर तमासा गरेका छन् । गाडी सिक्ने काम वार्षिक योजना तथा नीतिमा छैन । सरकारी ढुकुटीबाट प्राप्त हजारौं रकम खर्च गरेर प्राप्त गरिने दक्षताबाट कार्यालय वा सेवाग्राहीलाई कति फाइदा पुग्छ पुग्दैन विवेक हुनेले चाहिं बिचार गर्नुपर्ने हो । निजी इन्ष्टिच्युटतिर कर्मचारीलाई पठाइनुअघि यसतर्फ विभाग नेतृत्वको ध्यान गएको पाइएन । महानिर्देशक भट्टले आपूm निकटका उपसचिव, अधिकृत र सहायक स्तरका कर्मचारीलाई यसका लागि मनपरीसंग छाने । राज्यभरका सबै जग्गाको वैज्ञानिक नापीजा“च गरी विवरण अद्यावधिक राख्नुपर्ने अड्डाका महानिर्देशकले चालक नराख्ने सरकारी योजना कार्यान्वयन गरी मितव्ययी बन्न कर्मचारीलाई गाडी सिक्न पठाइएको बताउने गरेका छन् ।
विभागमा करीब पा“च दर्जनजति उपसचिव, २ सयभन्दा बढी अधिकृत र हजारौंको संख्यामा सहायकस्तरका कर्मचारी कार्यरत छन् । यी सबैलाई त कुरै छाडौं थुप्रै उपसचिवलाई पनि गाडी उपलब्ध गराउने स्रोतसाधन राज्यसंग छैन । तर उनले भने नासु, सर्भेक्षकजस्ता सहायकस्तरका कर्मचारीलाई पनि पक्षपातपूर्ण ढंगले ड्राइभि¨ तालिमको सुविधा उपलब्ध गराएका छन् । जागिर अवधि १ वर्ष पनि बा“की नभएका उपसचिवलाई पनि महानिर्देशकले गाडी सिक्न पठाएका छन् । न उनलाई गाडीको सुविधा दिनसक्ने हैसियत विभागसंग छ न दक्ष चालक बनाएर कार्यालय वा सेवाग्राहीलाई कुनै फाइदा नै हुन्छ ।
यसैगरी सर्भेक्षक र नासु जसले न कहिल्यै गाडीको सुविधा पाउ“छन् न त चालकको अनुपस्थितिमा उनीहरूले हाकिमको गाडी नै चलाएर सहयोग गर्नेछन् । ‘‘यिनलाई पनि किन सरकारी राजश्व उडाएर चालकको प्रमाणपत्र दिलाउन चाहे भट्ट सरले ?’’ नापी विभागकै कर्मचारी प्रश्न गर्दैछन् । कर्मचारीहरू भन्छन्–पक्षपात र भ्रष्ट आचरणको यो त सानो नमूना मात्र हो । विभागका महाशाखा प्रमुखदेखि नापी कार्यालयका प्रमुख र अरु कर्मचारी कसरी अतिरिक्त कमाई गर्ने भन्ने धुनमा मात्र रहने गरेका ती कर्मचारी दिक्क मान्दै बताउ“छन् । नवनियुक्त महानिर्देशक भट्टको मायाका पात्र बनी गाडी सिक्न जानेहरूमा उपसचिव तहका प्रमुख नापी अधिकृतत्रय इश्वरलाल नकर्मी, बलराम पोख्रेल र रामकुमार सापकोटा, लेखाअधिकृत खड्गबहादुर थापा, नासु वेदप्रसाद खतिवडा, सर्भेक्षक नवराज बजागाईंलगायत रहेको कर्मचारी स्रोतबाट थाहा भएको छ । विभाग मातहत कार्यरत सबै कर्मचारीलाई दक्ष चालक बनाउने महानिर्देशक भट्टको लक्ष्य हो भने यो पूरा गर्नमै करोडौं रुपैया“ खर्च लाग्नेछ ।




