🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजनीतिक दलहरूमा बृद्धाहरूको भिडभाडपछि…! : राप्रपा सुन्दरीसहित युवा पुस्तालाई आकर्षित गर्दै

काठमाडौं । राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्ष मुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वल्र्ड २०२४ की आश्मा कुमारी केसी पनि केन्द्रीय सदस्य चयन भएकी छिन । युवापुस्तामा राजनीतिप्रति आकर्षण कम भइरहेको समयमा राप्रपाले भने मिस नेपाल केसीलाई नै राजनीतिमा आकर्षित गर्न खोजेको अर्थमा हेरिएको छ । राप्रपाले मिस नेपाललाई केन्द्रीय सदस्य बनाएर नौजवान युवायुवतीहरूलाई पार्टी संगठनमा आकर्षित गर्न खोजेको सन्देश दिएको भनिएको छ ।

यसले युवा पुस्तामा राजनीतिप्रति केही झुकाव बढाउन खोजेको बुझिएको छ । मिस नेपाल केसीले समकालीन ठुला राजनीतिक दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपा जस्ता जल्दाबल्दा पार्टी नरोजेर यथास्थिति, पुरातन, राजा र हिन्दुवादी पार्टी राप्रपा नै किन रोज्न पुगिन भन्ने खुल्दुली पनि यतिखेर राजनीतिक वृत्तमा चलेको छ । नवीन राप्रपा कार्ययोजना अन्तर्गत अध्यक्ष लिङदेनले पार्टीको राजनीतिमा ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान गरी समिति गठन गरेका थिए ।

पार्टीमा छनोट समिति गठन गरेर राप्रपाको राजनीतिमा आकर्षित भएका विद्यार्थी, युवा, महिला संगठनबाट युवाहरूलाई केन्द्रीय नेतृत्वमा ल्याउने जानकारी गराएका थिए । सोही बमोजिम समितिले विभिन्न आधारमा युवा नेताहरूलाई छनोट गरेको बताइएको छ । छनोट गरिएका जनवर्गीय संगठनका युवाहरुलाई अन्तर्वार्तापछि १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा छनोट गरेको स्रोतले जानकारी दिएको छ । अन्तर्वार्तापछि मिस नेपाल वल्र्ड केसी पनि केन्द्रीय सदस्यमा छनोट भएको बताइन्छ ।

राप्रपा २० युवा नेताहरूमा दार्चुलाका अशोक सिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौंका विनोद श्रेष्ठ, काठमाडौंका समीर शर्मा, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका ईन्जिनियर गोपीकृष्ण चौलागाई, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र,  युके प्रवासका डा. डेभिड थापा राप्रपा केन्द्रीय सदस्य चयन भएका छन ।

महिलाहरूमा धादिङकी बिना लामा, पर्साकी बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मिया, ललितपुरकी ईञ्जिनियर सजिना कार्की, सल्यानकी अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी ईञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वल्ड २०२४ काठमाडौंकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी पनि राप्रपा केन्द्रीय सदस्य छनोटममा परेका छन । पञ्चायतीकालमा राजनीतिक दलहरू प्रतिबन्धित हुँदा र त्यसपछिको १८ वर्ष बहुदलीयकालमा विद्यार्थी, मजदुर, युवा, महिला, मजदुर, आदिवासी जनजाति र दलित जस्ता भातृ संगठनहरूले पार्टीका लागि काम गर्दै आएका थिए । पछि तिनै संगठनका नेताहरू पार्टी नेतृत्वमा स्थापित हुँदै आएका छन् ।

तर २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनपछि भने विद्यार्थी, युवा, महिला, मजदुर, आदिवासी जनजाति र दलित समुदायको राजनीतिप्रति वितृष्णा बढ्दै गएको बताइन्छ । त्यसपछिका सरकारले युवा जनशक्तिलाई रोजगारी दिलाउने र काम अनुसारको दाम अर्थात् तलब दिने कुनै ठोस र प्रभावकारी  नीति, योजना र कार्यक्रम ल्याउन नसकेकै कारण युवा जनशक्ति दिनप्रतिदिन कामको खोजीमा विदेशीनेक्रम निकै बढेको छ । त्यही भएर अहिले राजनीति दलका विद्यार्थी, युवा, महिला, मजदुर, आदिवासी जनजाति, दलित भातृ संगठनहरू कमजोर भएका छन् । उनीहरूको प्रभाव घटेको पनि छ ।

  पहिला भातृ संगठनका युवाले पार्टी चलाउँने ल्याकत राख्ने गरेका थिए । तर, अहिले पार्टी संगठनका बृद्धाले भातृ संगठन सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ । पार्टी नेतृत्वमा पाका नेताहरु हावी भएको, २०४६ साल यताका नेताहरू नै अहिलेसम्म सांसद, नेता, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति भइरहेका छन् । पार्टी नेतृत्वमा पनि बृद्धा नेताहरू नै  हावी रहेका छन् । पार्टी राजनीतिमा रहेका केही क्षमतावान र सक्षम युवा नेताहरूलाई समेत नेतृत्वमा स्थापित गर्न, पदाधिकारी बनाउन, सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बनाउन नचाहने प्रबृत्ति मौलाउँदै गएको छ ।

यस्तो हुँदा नयाँ युवा पुस्ताहरू राजनीतिमा विकर्षण मात्र होइन सकृय क्षमतावान युवा नेताहरूसमेत शीर्ष नेतृत्वमा पुग्न नसकेर पलायन हुने बढ्दोक्रम रहेको बताइन्छ ।  यही भएर युवाहरू राजनीतिमा आउनेक्रम निकै कम हुँदै गएको छ । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि युवा नेताहरू आफ्नो पेशा, व्यवसायमा बढी व्यस्त हुन थालेका छन् । कतिपय त घर परिवारको साथ  छाडेर विदेशिने बाध्य भएका छन् ।

रोजगारीविहीन युवाहरु, आर्थिक आम्दानी, लाभ नहुने, खेतवारी बेचेर, घर परिवारको खुसी त्यागेर खल्तीबाट पैसा हालेर दैनिक १८ घण्टासम्म राष्ट्र, पार्टी र नागरिकको हितका लागि भन्दै खोक्रो राजनीतिमा दौडिनुपर्ने काम कति दिनसम्म गर्ने भन्दै विदेशिएको जानकारहरु बताउँछन् । ठुला पार्टीका शीर्ष नेताहरू, सांसद, मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीहरू विहान उज्यालो हुँदादेखि राति १० अवेरसम्म देश, जनता र पार्टी भनेर दौडिएका दौडिएकै छन् । बैठक, भेला, गोष्ठी गर्दै आएका पनि छन् । पार्टीका नेता, कार्यकर्ता, कर्मचारी, विदेशीलाई भेटघाट गरिरहेकै छन् । विदेश भ्रमण पनि उत्तिकै गरिरहेका छन् ।

तर, मुलुकको आर्थिक विकास, उत्पादन, रोजगारी, निर्यात, राजस्व, अर्थतन्त्र र सुशासनको अवस्था भने दिनप्रतिदिन खस्किंदै गएको छ । नेता, सांसद, मन्त्री, प्रधानमन्त्री र कर्मचारीले विहान ६ बजेदेखि बेलुका १० बजेसम्म अति व्यस्त हुँदा पनि के गर्छन् भन्ने युवाहरूले प्रश्न गर्दै आएका छन् । अहिलेसम्म देशमा विकास, समृद्वि, रोजगारी, उत्पादन, निर्यात, राजस्व र आर्थिक विकास नभएको देख्दा, युवा नागरिकले शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक अधिकारसमेत नपाउदा युवाहरूको त्यो प्रश्न जायज रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक ५–११)