🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनीत गरेका छन् ।

शुक्रबार सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा सभापति देउवाबाट २८ जना सदस्य मनोनीत गरेका हुन् ।

मनोनित हुनेमा डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनाङका दिलबहादुर गुरूङ्ग, बागलुङका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा, चितवनका नारायण सुवेदी, झापाका कृष्ण गिरी (जगन्नाथ), काठमाडौंका नारायण खरेल, चितवनका गिरीराज कुँवर, कास्कीका कुलप्रसाद गुरूङ्ग, कैलालीका हिक्मत थापा, बागलुङका राजु रेग्मी,  स्याङ्जाका शालिकराम डुम्रे, धादिङकी  सीता अर्याल,  गुल्मीकी सुनिता जिसी  कुँवर, काठमाडौंका पुरुषोत्तम खनाल, तनहुँका गोविन्द परियार, धनुषाका शिवकुमार यादव, काठमाडौंका प्रकाश अधिकारी, सुर्खेतका ऋषि शर्मा, पर्वतका मोहन गुरूङ्ग, चितवनका इन्द्रकमल बुढ़ाथोकी छन् ।

यस्तै स्याङ्जाका जगदीश पौड़ेल, अर्घाखाँचीका कृष्णप्रसाद अधिकारी, रुकुमका राजु केसी, कञ्चनपुरका ईश्वरीप्रसाद जोशी, धनुषाका अविरल निधि, स्याङ्जाका डा. मनोरदिन सैयद र रुपन्देहीका कृष्ण पौडेल पनि मनोनयनमा परेका छन् ।