🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवन वीमा कम्पनीलाई अर्थमन्त्रीको कडा निर्देशन

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी चार महिनाभित्रमा लेखापरीक्षण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् । २०८१ मंसिर १९ गते बुधवार मन्त्रालयमा आयोजित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीसहित आयोजित बैठकमा मन्त्री पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताएका थिए । मन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउनका लागि सम्वन्धित सरोकारवाला निकायलाई निर्देशनसमेत दिएको बताइन्छ ।

जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१÷७२ देखि अन्तिम लेखापरीक्षण हुन सकेको छैन । बैठकमा अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्नका लागि स्वीकृत दिन सकिने अन्यथा मन्त्रालय जिम्मेवार नहुने विषयमा छलफल भएको बैठकमा सहभागी स्रोतले जनाएको छ । बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । (साँघु साप्ताहिक, २०८१ मंसिर २४)