🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, १२ डिसेम्बर – ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा २०८१ मंसिर २७ गते बिहीबार काठमाडौँमा सम्पन्न भएको छ। यस साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा र पुँजी समायोजन कोषबाट शेयरधनीहरूलाई ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

बैंकको वार्षिक साधारणसभामा प्रस्तुत भएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै, बोनस शेयर वितरण पश्चात् पूँजी वृद्धिको हदसम्म प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भने, “ग्लोबल आइएमई बैंक नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको छ।” साथै, उनले बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्ने योजना राखेको उल्लेख गरे।

यस आर्थिक वर्षको अवधिमा, ग्लोबल आइएमई बैंकले १२ अर्ब ४८ करोड रुपैयाँको सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँको करपछिको मुनाफा आर्जन गरेको छ। बोनस शेयर वितरण पश्चात्, बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

ग्लोबल आइएमई बैंकले हालै “ग्लोबल फाइनान्स” को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” जस्ता प्रतिष्ठित अवार्डमा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ।

बैंकको शाखा सञ्जाल देशका ७७ वटै जिल्लामा फैलिएको छ, र यसले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्रहरूद्वारा ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ।

ग्लोबल आइएमई बैंकले नेपाली नागरिकहरूलाई रेमिट्यान्स सेवामार्फत आर्थिक सेवा उपलब्ध गराउँदै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन जस्ता देशहरूमा रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा महत्वपूर्ण आर्थिक योगदान पुर्याउँदै आएको छ।