🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन

बर्दघाट सुस्तापश्चिम (नवलपरासी) ५ पुसः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।

पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ । दुई वर्ष पहिला निर्माण भएको भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता रहेको आयुर्वेद औषधालय शाखाका रामएकवाल यादवले बताउनुभयो ।

उहाँका अनुसार निर्माणाधीन भवनको काम सम्पन्न भए पनि प्रवेशÞद्धार तथा प्राविधिक काम नभएकाले नयाँ भवनबाट बिरामीलाई सेवा दिन नमिल्ने भएको छ ।

रु ४० लाख लागतमा गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो ।

गाउँपालिकाले निर्माण गरेको आयुर्वेद औषधालय भवनमा प्राविधिक काम बाँकी रहेकाले गण्डकको भवनबाट उपचार गर्दै आएको छ । यस वर्षदेखि पाल्ही आयुर्वेद औषधालय भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताउनुभयो । खानेपानी ट्याङ्की सञ्चालनपश्चात आयुर्वेद औषधालय भवनभित्र प्रवेशद्धार निर्माण गरेर उद्घाटन गर्ने वडाध्यक्ष सहानीले भन्नुभयो ।
–––