🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन् । त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे । 

बिहीबार मस्कोमा आयोजित बार्षिक प्रश्नोत्तर कार्यक्रममा उनले युक्रेन अपरेशनले ठूलो परिवर्तन आएको र रुसी सेनाले आफ्नो प्राथमिक लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताए । तपाईं युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ भन्ने प्रश्नमा पुटिनले राजनीति भनेकै सम्झौताको कला भएकाले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

उनले रसियाली सेनाहरू युद्धभूमिमा प्रगति गरिरहेकाले युक्रेनी सेनाहरू लगातार पछि हटिरहेको पनि बताए । उनले युक्रेनसँग वार्ता सुरु गर्न रुसको कुनै पूर्वशर्त नरहेको बताउँदै हालको अवस्थालाई ध्यानमा राख्दै इस्तानबुल सम्झौताका आधारमा वार्तामा सहभागी हुन आफू तयार रहेको बताए ।

उनले युक्रेनी संकटमा चीन, ब्राजिल र दक्षिण अफ्रिकाले राखेका शान्ति प्रस्तावको प्रशंसा गर्दै दुवै पक्षलाई कुनै मुद्दा अगाडि नबढाइ समाधान खोज्ने वास्तविक प्रयास भएको बताए । प्रश्नोत्तरमा उनले आफू युक्रेनसँग सम्झौताका लागि तयार रहेको र ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेको बताए । 

पुटिनले बिहीबार मस्कोमा प्रश्न र उत्तर सत्रको साथ आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए । साढे ४ घण्टा लामो प्रश्नोत्तर चलेको थियो ।