🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लायन एयरको दोस्रो व्ल्याकबक्स भेटियो

जकार्ता, ३० पुष : इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटना भएको लायन एयर विमानको दोस्रो व्ल्याकबक्स भेटिएको छ । 

उक्त व्ल्याकबक्सको सहयोगले विमान सम्बन्धी नयाँ तथ्य पत्ता लाउन सहयोग पुग्ने अधिकारीहरुले बताएका छन् । बोइङ ७३७ म्याक्स श्रेणीको उक्त विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमा नै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । 

उक्त विमान जाभाको तटीय समुद्रमा खस्दा विमानमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरुले भने उक्त जाहजमा समस्या रहेको र उडाउन नहुने बताएका थिए । तर दुर्घटनाको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन । 

बोइङको म्याक्स श्रेणीको विमानलाई सर्वाधिक समुन्नत व्यवसायिक उडान गर्ने विमानको रुपमा चिनिन्छ । (रासस/एजेन्सी)