जकार्ता, ३० पुष : इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटना भएको लायन एयर विमानको दोस्रो व्ल्याकबक्स भेटिएको छ ।
उक्त व्ल्याकबक्सको सहयोगले विमान सम्बन्धी नयाँ तथ्य पत्ता लाउन सहयोग पुग्ने अधिकारीहरुले बताएका छन् । बोइङ ७३७ म्याक्स श्रेणीको उक्त विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमा नै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो ।
उक्त विमान जाभाको तटीय समुद्रमा खस्दा विमानमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरुले भने उक्त जाहजमा समस्या रहेको र उडाउन नहुने बताएका थिए । तर दुर्घटनाको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन ।
बोइङको म्याक्स श्रेणीको विमानलाई सर्वाधिक समुन्नत व्यवसायिक उडान गर्ने विमानको रुपमा चिनिन्छ । (रासस/एजेन्सी)



