🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मनमोहन सिंहको अन्तिम संस्कार आज, भारतका राष्ट्रपति र प्रधानमन्त्री निगमघाटमा जाने

नयाँ दिल्ली, १३ पुस । पूर्व प्रधानमन्त्री मनमोहन सिंहको अन्तिम संस्कार आज हुँदैछ ।

भारतको गृह मन्त्रालयका अनुसार शनिबार अर्थात २८ डिसेम्बर २०२४मा दिल्लीको निगमबोध घाटमा बिहान ११ः ४५ बजे उनको अन्तिम संस्कार गरिने छ । 

गृह मन्त्रालयले अन्तिम संस्कार कार्यक्रम सार्वजनिक गर्दै उक्त अन्तिम संस्कारमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी र धेरै मन्त्रीहरु अन्तिम संस्कारमा सहभागी हुन निगमबोध घाट पुग्ने छन् ।

कांग्रेस महासचिव केसी वेणुगोपालले शनिबार डिसेम्बर २८ मा बिहान ९ः ३० बजे दिल्लीस्थित एआईसीसी (अखिल भारतीय कांग्रेस कमिटी) को मुख्यालयबाट निगमबोध घाटको लागि शबयात्रा सुरू हुने जानकारी दिएका छन ।

उता, पूर्वप्रधानमन्त्री  सिंहको निधनमा राष्ट्रिय शोकका कारण शनिबार राष्ट्रपति भवनमा हुने गार्ड परिवर्तन कार्यक्रम हुने भएको छ । यो भारतको सैन्य परम्परा हो। यसमा राष्ट्रपतिका अंगरक्षकको एउटा समूहले अर्को समूहबाट जिम्मेवारी लिने दिने गरिन्छ ।पूर्वप्रधानमन्त्रीको सम्झनामा देशभर सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । यस अवधिमा देशभर राष्ट्रिय झण्डा आधा झुकाइने छ ।