🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादी निकट विद्यार्थी संगठनमा फेरी विवाद, रोकियो मतगणना

काठमाडौं, १४  पुस । विवाद भए पछि अखिल क्रान्तिकारीको मतगणना स्थगित भएको छ । 

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको मतगणनामा विवाद भए पछि अनिश्चितकालका लागि स्थगित भएको हो ।

गत असोज १० गतेदेखि सुरू भएको राष्टिय सम्मेलन उमेर हदसबन्धी विवाद बढे पछि स्थगित भएको थियो । सो विवाद मिलाउनका लागि हिजो निर्वाचन गरिएको थियो तर त्यो पनि विवादमा परे पछि अन्तिम समयमा अनिश्चतकालका लागि मतगणना स्थगित गरिएको हो । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । मुख्यतयाः  बैतडी, दाङ र गुल्मीमा विवाद भएको छ ।

निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित गरिएको जनाएको छ । ‘गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचनसम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात् मात्र गणनाले पूर्णता प्राप्त गर्ने हुँदा तत्पश्चात मत गणना परिणाम सार्वजनिक गरिने’ भन्दै सूचना जारी गरेको छ ।