🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठेकेदारको लापरवाहीले  छ वर्षमा पनि बनेन पुल

परासी, २ माघ (रासस)ः पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । 

वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको ज्यान गइसकेको छ । विसं २०६९ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री हृदेयश त्रिपाठीले उक्त पुलको शिलान्यास गर्नुभएको थियो । ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाइ भइरहेको सरावल–७ का वडाध्यक्ष ह्रयात खाँ बताउछन्  । 

उनले भने, “ठेकदारले बीचमै काम छाडेर गएको छ, हामीले पुल निर्माणका लागि पटकपटक पहल गर्दैआएका छौँ । ठेकेदारले बेवास्ता गर्दै आएको छ ।” कूल रु तीन करोड ६६ लाखको लागतमा बन्ने उक्त पुलको अहिलेसम्म चार पिल्लर मात्र ठड्याइएको छ । 
–––