काठमाडौं, २ माघ : ''दिनमा एउटा स्याउ खाऔं, डक्टरलाई दूर भगाऔं'' यो भनाई हामीले धेरैपटक सुन्दै आएका छौं । स्याउको फाईदाबारे यो भनाई काफी हुन्छ ।
डिके पब्लिसिङ हाउसको किताब हिलिङ फुड्सको अनुसार, ''स्याउमा भरपूर मात्रामा पेक्टिन फाइबर पाइने गर्दछ, यसले शरीरको ब्लड शुगर लेभललाई कन्ट्रोल गर्दछ ।'' यसमा अरु भिटामिन र खनिज तत्व पनि पाइने गर्दछ, जसले हड्डीलाई स्वस्थ र मजबुत बनाई राख्न मद्दत गर्दछ ।
तर तपाईंलाई थाहा छ, स्याउको बोक्रा तपाईंको सोचेभन्दा धेरै फाईदाजनक छ । यदि स्याउ तासेर खाने बानी छ भने आजै आफ्नो बानी बदल्नुस् ।
स्याउको बोक्रामा फाइबर पाइन्छ
संयुक्त राज्य अमेरिका कृषि विभाग (यूएसडीए) को अनुसार, स्याउमा पाइने अधिकांश फाइबर यसको बोक्रामा हुने गर्दछ । फाइबरले हड्डीलाई स्वस्थ राख्नुको साथै कलेजोलाई पनि स्वस्थ राख्दछ । फाइबरले पाचन प्रक्रियामा पनि सहयोग पुर्याउँछ र मधुमेह रोगीको लागि पनि राम्रो मानिन्छ ।
फोक्सो स्वस्थ राख्छ
स्याउको बोक्रामा पाइने क्वार्सेटिन नामक शक्तिशाली यौगिकलाई एन्टि इम्फलामेटरीको रुपमा पनि चिनिन्छ । यसले फोक्सो र मुटुलाई विभिन्न रोगबाट बचाउँछ ।
तौल कम गर्न
स्याउको बोक्रामा हुने फाइबर लामो समयसम्म पेट खाली हुन पाउँदैन र धेरै खानबाट बचिन्छ । यसको परिणामस्वरुप कम क्यालोरीका खाद्यपदार्थ सेवन गरिन्छ र स्वतः तौल घटाउन मद्दत पुग्दछ ।
भिटामिन अथाह पाइन्छ
स्याउको बोक्रामा भिटामिन ए, सी र के पाइन्छ । यसका साथै पोटासियम, फस्फोरस र क्याल्सियमजस्ता शरीरको लागि आवश्यक तत्वले सदैव शरीर स्वस्थ राख्न मद्दत गर्दछ ।



