🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यू–१९ महिला विश्वकपमा नेपाल आज अष्ट्रेलियासँग भिड्दै

काठमाडौं, ९ माघ । नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । 

आईसीसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले पराजय भोग्नु परेको थियो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट पूरा गरेको थियो अर्को खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेर जित हासिल गरेका थिए ।

सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भए पछि नेपाल आज जित्नै पर्ने दबाबमा छ ।

समूह ‘डी’ को शीर्षस्थानमा रहेको अस्ट्रेलियाले दुई खेलबाट ४ अंक जोडेको छ । बंगलादेश र स्कटल्यान्डको समान दुई अंक रहँदा नेपाल भने अंकविहीन छ ।