🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यादेश बारे जसपा नेपालले आज निर्णय लिने

काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा बिपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिँदैछ ।

सरकारले हालै जारी गरेको अध्यादेश प्रतिनिधिसभावाट पारित हुन सक्ने भएतापनि राष्ट्रियसभामा भने जसपा नेपाल बिना नसकिने भए पछि उसले बार्गेनिङ बढाइरहेको बेला आज निर्णय लिन लागेको हो ।

अध्यादेशको पक्षमा उभिने कि नउभिने भन्ने बारेमा जसपा नेपालले पर्यटन तथा अन्तराष्ट्रिय सबन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । यादवले तीनदेखि भूमिसबन्धी बिज्ञ, अर्थ बिज्ञलगायतसँग छलफल गरेको भए पनि अहिलेसम्म नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनलाई निर्णय दिइसकेको अवस्था भने छैन ।

तर, जसपा नेपालले बिहीबार बिहान संसदीय दलको बैठक राखेर सो बारेमा निर्णय लिने भएको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने कार्यदल संयोजक यादवले जानकारी दिएका छन ।

संविधानले संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने भने पनि संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठक मै दुवै सदनमा अध्यादेश पेस गर्नु पर्ने संवैधानिक व्यवस्था छ । अध्यादेश दुवै सदनमा पेस गरेर दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रावधान रहेकाले जसपा नेपाल निर्णायक भएकाे हाे ।

बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिसकेकाे छ ।