🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हराएको हो ।

कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता नेपालले १२ सय  र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे ।

\"\"

फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए । डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र  शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन् । विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङ लगायतले पुरस्कृत गरेका थिए