काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले घटेको छ । यससँगै सूचक २६७६.९१ विन्दुमा आएको छ । २ करोड ४४ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
६७ कम्पनीको २५ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ । २८ कम्पनीको भाउ बढेको छ भने ३२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ४८ वटा कारोबार भएको छ ।




