🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एम्बाप्पेको ह्याट्रिक

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बिहीबार बिहान राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै रियल लिगको अन्तिम १६ मा पुगेको हो ।

रियलले समग्र प्लेअफमा ६-३ गोलले अगाडि रह्यो । रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । खेलको चौथो, ३३औं र ६१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

सिटीका लागि इन्ज्युरी समयमा निको गोन्जालेजले गोल गरे । रियलले क्वाटरफाइनलमा प्रवेशका लागि एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनमध्ये एक टिमसँग समना गर्नेछ । रियल च्याम्पियन्स लिगको साबिक बिजेता टीम हो ।

यस्तै, डर्टमन्ड, पेरिस सेन्ट जर्मन (पिएसजी) र पिएसभी अन्तिम १६ मा पुगेका छन् । दोस्रो लेगमा स्पोर्टिङसँग गोलरहित बराबरी खेले पनि डर्टमन्ड समग्रमा ३-० को अग्रताले अघि बढ्यो । ब्रेस्ट लाई ७-० ले हराएको पिएसजी समग्रमा १०-० को नतिजासहित अघि बढेको छ। युभेन्ट्सलाई दोस्रो लेगमा ३-१ ले हराएको पिएसभीले समग्रमा ४-३ अग्रता बनाएको छ ।