🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दलित संगठनले धमिलो पानीमा माछा मार्ने मात्रै हुन्

अहिले दलितबीचमै एकता नहुँदा उनीहरूको आन्दोलन सही दिशातर्फ मोडिन सकेको छैन । जातीय विभेद हटाउनको लागि भन्दै विभिन्न  पार्टीले  दलित संगठन खोलेको छ । तर ती संगठनको काम भोट केन्द्रित मात्र भएकोले आज एक्काइसौं शताब्दीमा आइपुग्दा पनि विभेदको समस्या जिउँका तिउँ छ ।

नेकपा एमालेनिकट 'नेपाल उत्पीडित जातीय मुक्ति समाज' र माओवादीनिटक 'दलित मुक्ति मोर्चा' नाम गरेको संगठन छ । यस्ता संगठन एकीकृत समाजवादी, नेपाली काङ्ग्रेसलगायतका अरु राजनीतिक पार्टीहरुको पनि छ । यी सबैको उदेश्य भनेको भेदभावरहित समाज निर्माण गर्ने र जातीय विभेदसम्बन्धी मुद्दाहरुमा आवाज उठाउने हो । तर यो कुनैले पनि गरेको पाइँदैन ।

यी संगठन त केवल राजनीतिक दलहरुको रोबर्ट जस्तै भएको छ । कुनमा कुरा उठाउने ? कुन ठाउँमा नउठाउने ? भन्ने सबै माथिबाट कन्ट्रोल हुन्छ । यी जतिपय संगठनका अध्यक्ष छन् उनीहरु आफैँले पनि यो महसुस गर्न सकेका छैनन् । 

किनकि यिनिहरुलाई स्वाद चखाएर उहीँ जिब्रोमा मिल्ने बनाइसकेको छ । कुनै पनि पार्टीको अधिवेशन वा कार्यक्रममा दलितहरूलाई ओसार्ने काम दलितको नेताले गर्छन् । पार्टीमा भोट हाल्नुस् भनेर सुझाव पनि दिन्छन् । जब कुनै दलितलाई समस्या पर्छ त्यसबेला एउटा विज्ञप्ति निकाल्नको लागि माथिल्लो निकायमा फोन गर्छन् । जब माथिल्लो निकायबाट हुँदैन भन्छन् तब चुपचाप बस्छन् । जसकारण यस्ता संगठनले दलितको लागि केही हुनेवाला छैन ।

हरेक जातिको आ-आफ्नो लवज हुन्छ । ब्राह्मणले भनेको दलितले नमान्न पनि सक्छ भनेर उसैको समुदायको कुनै व्यक्तिलाई कथित ब्राह्मणहरुले राजनीतिमा छिराएर तिम्रो छुट्टै संगठन निर्माण गर् । हामी विभेदको अन्त्य गर्छौ भन्दै एउटा पद थमाइदिएका हुन्छन् । सोही पदबाट उसले भोट प्राप्त गरेर नेतृत्वमा पुग्छन् । जुन दलितको नेता छ उसलाइ पनि थोरैथोरै स्वाद चखाइरहन्छन् । त्यहीँ स्वादको पछि लागेर दलितको नेताले नै दलितको वास्ता गर्न छाड्छन् । 

संगठन त एउटा फलाम काट्न फलामकै छिनो लगाएको जस्तो मात्रै हो । हरेक पार्टी निकट संगठन छुट्टै कन्ट्रोल रुमबाट नियन्त्रित छ । त्यो कन्ट्रोलरुमबाट  नियन्त्रण गर्ने व्यक्ति  तिनै हिजो दलितले छोएको नखाने, दलितलाई घरभित्र पस्न  हुँदैन भन्ने र दलितले खाना खाएको भाँडोमा सुनपानी नछर्की भित्र नलाने व्यक्ति हुन् ।

त्यसैले आम दलितहरूले सोच्नुपर्छ कि यस्ता संगठन भनेको धमिलो पानीमा माछा मार्ने हिसाबले खोलिएका हुन् । बरु असली आन्दोलन त स्वर्गीय नवराज बि.क गरे जो  प्रेम गर्दा मरिन सक्छ भन्ने जान्दाजान्दै प्रेमका लागि मर्न तयार भए । 

कानुन र संविधानमा समानता र अविभेदको सुनिश्चितता भए पनि दिनदिनै भोग्नुपर्ने विभेद, अपमानको कारण यस्तै नेताहरु पनि हुन् । जबसम्म दलित समुदाय र नेतृत्वहरूले यो कुरा बुझ्दैनन्, दलीय मानसिकताबाट माथि उठ्दैनन्, तबसम्म दलितहरूले मानिस भएर अझै बाँच्न पाउने छैनन् ।