बर्दिवास, १४ माघ : कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले वर्तमान सरकार आधुनिक कृषि प्रणालीमा प्रतिबद्ध रहेको बताएका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ मा होलसेल कृषि बजार तथा कृषि प्रवद्र्धन केन्द्य् स्थापनाको सम्भाव्यताबारे निरीक्षण गर्दै मन्त्री खनालले केन्द्रीय सरकार र संघीय सरकार कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनतर्फ प्रेरित रहेको बताएका हुन् ।
सरकारले मुलुकमा सातवटै प्रदेशमा होलसेल कृषि बजार स्थापना निर्णय गरेको र त्यसको लागि लागिपरेको उनले बताए । (रासस)



