🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एटलीको फिल्मबाट हटाइए सलमान, अल्लु अर्जुनको इन्ट्री

काठमाडौँ । बलिवुड निर्देशक एटली कुमारले आफ्नो आगामी फिल्मबाट बलिउडका सुपरस्टार सलमान खानलाई हटाएका छन् । एटलीले अब सलमान खानको सट्टा फिल्ममा अल्लु अर्जुनलाई कास्ट गर्ने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

रिपोर्ट अनुसार, सलमान खान निर्देशक एटली कुमारको आगामी फिल्ममा देखिने छैनन् । सलमान खानका अघिल्ला फिल्महरूको बक्स अफिसमा खराब प्रदर्शनका कारण एटली कुमारले यो निर्णय लिएको बताइएको छ । निर्देशकले यो फिल्म सलमान खान र रजनीकान्तलाई लिएर बनाउन चाहन्थे तर अब उनले सलमान खानको सट्टा अल्लु अर्जुनलाई फिल्ममा कास्ट गरेका छन् र अर्को अभिनेता खोजिरहेका छन् ।

यो फिल्म सन पिक्चर्सले निर्माण गर्नेछ र यो ६०० करोड रुपैयाँको बजेटमा बन्ने भएको छ । यो एक्सनले भरिपूर्ण फिल्म पुनर्जन्मको विषयमा आधारित हुनेछ । जसमा तीन अभिनेत्रीहरू देखिनेछन् । यो फिल्ममा जान्हवी कपूर पनि काम गर्न सक्ने बताइएको छ, तर जान्हवीको नाम अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरिएको छैन । फिल्मको छायांकन वर्षको अन्त्यसम्ममा सुरु हुने अपेक्षा गरिएको छ । हाल यस फिल्मको पोस्ट प्रोडक्सनको काम चलिरहेको छ ।

सलमान खानको नयाँ फिल्म सिकंदर इदको अवसरमा रिलिज हुदै छ ।  यो फिल्मलाई प्रसिद्ध साउथ निर्देशक ए.आर. मुरुगादोसले निर्देशन गरेका छन् । फिल्ममा रश्मिका मन्डाना, काजल अग्रवाल, सत्यराज, शर्मन जोशी र प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।