🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मिथिला माध्यमिकी परिक्रमा आज धनुषाधाममा

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज धनुषाको धनुषाधाम पुग्ने भएको छ ।

शुक्रबार पर्वता पुगेर रात्रि पिश्राम गरेको परिक्रमावासीहरु आज बिहानैदेखि धनुषाको एतिहासिक धनुषाधामका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ९औं दिन पर्वता पुगेको थियो भने आज दशौं दिन धनुषाधाममा रात्रि विश्राम गर्नेछन्  ।

आज रात्रि विश्रामस्थल धनुषाधाम गरेपछि भोलि सतोषरका लागि निस्किने छ । त्यस्पछि औरही, करुणा, विशौलमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।