🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त

दमौली (तनहुँ) : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्नीशोकमा रहनुभएका भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । 

    भिमाद नगरपालिका–२ जिलाङस्थित थापा निवास पुगेर सञ्चारमन्त्रीले भोविमाया थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नगरप्रमुख थापाका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिवसमेत रहनुभएका सञ्चारमन्त्रीले भोविमाया थापाको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा (एमाले) तनहुँकी सङ्गठित सदस्य थापाको ५६ वर्षको उमेरमा गत शनिबार उपचारका क्रममा निधन भएको हो । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । 

    सञ्चार तथा सूचना प्रविधिमन्त्रीका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य विष्णुभक्त सिग्देल लगायत एमाले नेता थापा निवासमा  समवेदना व्यक्त गर्न पुग्नुभएको थियो ।