🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुम्ला स्ववियु सभापतिमा लोकेन्द्र बुढा विजयी

मुगु । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट एक सय १४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन् ।

बुढाका निकटम प्रतिद्वन्दी अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिस्पर्धी जैसीले एक सय नौ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले ८८ मत प्राप्त गरेका छन् ।

कूल मतदाता संख्या तीन सय ३४ रहेकोमा तीन सय १८ मत खसेको थियो । त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । उनले ९४ मत प्राप्त गरे । सचिवका प्रतिस्पर्धी अनेरास्ववियूका नवराज भण्डारीले ८६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकै बीन बहादुर रावत विजयी भएका छन् । रावतले एक सय ७ मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघका सरला उपाध्यायले ९८ मत प्राप्त गरेकी छन् ।

यस्तै सदस्यमा नेविसंका प्रविण बुढ्थापा (१४६), अनेरास्ववीयुका सुर्जा रावल (११९), नेविसंघका राष्टु थापा (१०३), अखिल (क्रान्तिकारी)का टोपबहादुर बोहोरा (१०३) र अनेरास्ववियुका हिमाली धिताल (९७) मत प्राप्त गरी विजयी भएको निर्वाचिन अधिकृत पदमबहादुर शाहीले बताए ।