🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रौतहटको छुट्टाछुटै स्थानमा आगलागी, रु १० लाख  बराबरको क्षति

रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षति भएको छ । गरुडा नगरपालिका –५  मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो । 

आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोली खटिएको थियोे ।सुरक्षाकर्मी , स्थानीयबासी र  वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए । 

उनका अनुसार बिद्युत तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागि राखिएको ट्याक्टर लगायत जलेर क्षति पुगेको उनले जानकारी दिए । आगलागीबाट  कुनै प्रकारको मानवीय क्षति नभएको उनको भनाइ छ । 

आगलागीमा रु.१० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट कोठामा रहेका टि.भी, पलङ, साइकल लगायत जलेर क्षति भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।